Agro-Gif-1-1701226482.gif
Saturday, 09 Dec, 2023
shambhu-1691912419.jpg

थाहा नगर

दोहोरो सुबिधा लिइरहेका हरुको सामाजिज सुरक्षा भत्ता कटौती गर्दै थाहा नगर।(हेर्नुस कार्यपालिका बैठकको निर्णय)

FB_IMG_1684759566271-1684759583.jpg

थाहा नगरपालिकाले  सामाजिक सुरक्षा भत्ता बितरण नितिमा परिमार्जन गर्न , दोहोरो सुबिधा लिई रहेकाहरुको सामाजिक सुुरक्षा भत्ता कटौती गर्न कार्यपालिका बैठकमा छलफल गरेको छ । 
८ जेठमा नगरको कार्यपालिका बैठकमा सरकारी निकायबाट तलब, भत्ता, पेन्सन वा कुनै पनि मासिक सुबिधा पाईरहेकाहरुले सामाजिक सुरक्षा भत्ता नपाउने छलफल भएको नगरका प्रवक्ता हेरमान गोपालीले जानकारी दिए ।
थाहा नगरपालिकाबाट जेष्ठ नागरिक, अपांग, बिधवा र एकल व्यक्ति गर करिब २ सय २७ जनाले सामाजिक सुरक्षा भत्ता सहित दोहोरो सुबिधा  लिइरहेको पाइएको छ । उक्त भत्ता नगरका विभिन्न सरकारी तथा निजि बैंकहरु मार्फत बितरण हुदै आएको छ ।

अब वडा कार्यालयबाटै दोहोरो सेवा लिईरहेकाहरुको लगत कट्टा हुने गरी काम थाल्न कार्यपालिकाले निर्णय गरेको प्रवक्ता गोपालीले जानकारी दिए।
थाहा नगरपालिका पञ्जिकरण शाखाले दिएको जानकारी अनुसार नगरमा अति अशक्त भत्ता र पेन्सन दुवै भत्ता बुझ्ने ४ जना,जेष्ठ नागरिक र एकल महिला दुवै भत्ता बुझ्ने १४ जना,जेष्ठ नागरिक दलित र पेन्सन बुझ्ने ६ जना,जेष्ठ नागरिक र  ७० बर्ष माथी दुवै बुझ्ने १६९ जना,पुर्ण अपाङ्गता तथा पेन्सन दुवै भत्ता बुझ्ने २ जना ,बिधवा भत्ता र पेन्सन दुबै भत्ता बुझ्ने ३२ जना रहेको जानकारी दिएको छ।
तेसैगरी आजको बैठकले मिडिया एजेन्सीहरुलाई दिइने ठेक्का बन्दोबस्ती तथा टेन्डर आह्वानका सुचना आगामी बर्ष देखि एकद्वार प्रणाली अन्तर्गत सरकारी छापामाध्यम गोरखापत्रमा मात्र प्रकाशित गर्ने निर्णय गरेको छ भने दामनमा अवस्थित भ्यु टावर लाई टेण्डर आह्वान गर्ने निर्णय गरेको प्रवक्ता हेरमान गोपालीले बताउनुभयो ।
कार्यपालिका बैठकले आगामी बर्षको बजेट तथा नीति ,तथा कार्यक्रमको तयारी सम्बन्धमा नगर प्रमुख बिष्णु बिष्टको संयोजकत्वमा ५ सदस्यीय नीति तथा कार्यक्रम मस्यौदा समिती समेत निर्माण गरेको छ।

mahotsab123-1701100059.jpg
mahotsab123-1701100250.jpg

world-link-1690434568.jpg
FB_IMG_1698053305963-1698-1698755609.jpg
थाहा आइडल एकल नृत्यमा टप ११ छनौट
thahaaaidal-1701871964.jpg

 थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्यमा बुधबार टप ११ छनौट भएका छन् । टप २०...

थाहा महोत्सवमा आज धोखेबाज हौ गायिका एलिना चौहान आउदै
FB_IMG_1701832148832-1701832163.jpg

‘धोकेबाज हौ तिमी..’ भन्दै किशोरदेखि युवासम्म रोएको भिडियो अहिले टिकटकलगायत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती...

थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका कृषि उपजहरुको नतिजा सार्वजनिक
upaj1-1701788923.jpg

थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका विभिन्न कृषि उपजहरुको नतिजा...

बसामाडी जेसीजको जेसीज सप्ताह बुधबार देखि
basamadi-1701788272.jpg

 हेटौंडा १९ मंसिर/बसामाडी जेसीजले आग्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित...

“संघीयता कमजोर नहुनेगरि स्थानीय तहलाई बलियो बनाउनुपर्छ” :-मन्त्री लामा
1701698058348-1701698128.jpg

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुर सिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि...

जिल्लाका फरक फरक विधामा उत्कृष्टलाई सम्मान,थाहाका रायमाझी र दोङ सम्मानित
1701697619053-1701697641.jpg

जिसस मकवानपुरले आफ्नो वार्षिक समिक्षा कार्यक्रममा फरक फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मान...

भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने
FB_IMG_1701697166247-1701697177.jpg

ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख बराबरको न्यानाे ज्याकेट उपलब्ध गराउने भएको...

खेलकुदमा योगदानको कदर गर्दै थाहाका दोङ सम्मानित
FB_IMG_1701673710920-1701673843.jpg

थाहा नगरपालिकाका युवा तथा खेलकुदकर्मी मानसिं दोङ  लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति...

थाहाका रायमाझी जिल्लाकै उत्कृष्ट समाजसेवी द्वारा सम्मानित
FB_IMG_1701669331664-1701670144.jpg

थाहा नगरपालिकाका युवा समाजसेवी यादव जंग रायमाझी लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरको...