pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दुवै मिर्गौला पिडित दामनका सप्तरत्न लाई सहयोग जुट्दै,

FB_IMG_1677747147931-1677747166.jpg

भोलिको दिनमा के हुन्छ,कसलाई के थाहा! सन्दर्भ हो थाहा नगरपालिका वडा नं.४,दामन स्थायी घर भएका होटेल व्यवसायी सप्तरत्न मानन्धरको, अधिकांस मान्छेहरुको निम्ति सप्तरत्न मानन्धर एक चिरपरिचित नाम हो। उनी एक सफल होटेल व्यवसायी,शिक्षक,सामाजिक कार्यकर्ता थिए।
सुरुका दिनमा उनले दामन स्थित श्री ॠषेश्वर प्रा.वि.मा केही वर्ष अध्यन-अध्यापनको पनि काम गरेका थिए,पछि दामनमा नै होटेल व्यवसायको थालनी गरेका मानन्धरको आर्थिक स्थिति त्यो समय अन्य स्थानीहरुको भन्दा धेरै राम्रो थियो,उनले संचालन गरेको होटेलको नाम  होटल दामन हो। बि.सं.२०४५ देखि २०६२ सम्ममा राम्रो आम्दानी  गरि  स्थापित भएको  त्यो नाम चलेको  होटेल अहिले बन्द हुने अवस्थामा आईपुगेको छ। कारण हो उहाँको स्वास्थ्य समस्या। अनेक थरीका रोगले ग्रसित भएकै कारण उनी आर्थिक रुपले पनि पिडित हुन पुगेका छन् अहिले ।

उनी पहिले देखिनै प्रेसर अनि सुगर रोगको बिरामी थिए पछि दुबै मृगौला फेल भयो र अनि एक्कासि अस्पताल भर्ना हुनुपर्ने अवस्था आयो। पाटन अस्पतालमा उपचार गरे पश्चात् ,उनि अहिले नियमित डाईलाईसिस गर्न काठमाडौ जाने गरेका छन् तर हालसम्म मृगौला प्रत्यारोपण भने भएको छैन।अत्यन्त आर्थिक अभावको कारण चन्दा सहयोगबाट उनको उपचार खर्च धानिदै आएको छ। 

आर्थिक सहयोग गर्ने/गराउने सिलसिलामा बिगत केही वर्षदेखि वैदेशिक रोजगारीमा गएका दामन स्थायी घर भएका हस्त बहादुर भुजेलको छोरा आशिस भुजेल र साथी विशाल लामाको  अगुवाइमा संगै काम गर्ने उनीहरुका  अन्य नेपाली साथीहरुसँग सप्तरत्न मानन्धरको उपचारकै निम्ति भनेर आर्थिक सहायता संकलन गरि माल्दिभस रास्ट्रबाट पठाएको जम्मा रकम रु.१,१५,००० (एक लाख पन्ध्र हजार मात्र ) आज उनकै निवासमा एभरेष्ट युवा बिकास क्लब,दामन बजार व्यवस्थापन समिती र स्थानीयहरुको उपस्तिथिमा क्लबका अध्यक्ष शिव कुमार केसि द्वारा निज सप्तरत्न मानन्धरलाई हस्तान्तरण गरिएको छ। यहाँहरु पनि सहयोग गर्न चाहनुहुन्छ भने निजको मोबाईल नम्बर ९८४५०७०५४९ सम्पर्क गर्न सक्नुहुनेछ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...