pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

थाहा नगर

दिव्यतारा बहुउद्देश्यीय पालुङ इकाईको साधारणसभा सम्पन्न

1728131514188-1728131535.jpg

हेटौंडामा मुख्य कार्यालय रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको थाहा सेवा केन्द्रको छैटौं इकाई सभा तथा २६ औं (साधारणसभा) सम्पन्न भएको छ। संस्थाको थाहा नगर सेवा केन्द्रको संयोजक भरत गोपालीको अध्यक्षतामा सम्पन्न साधारणसभामा बागमती प्रदेश सांसद लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।

साधारणसभामा संचालक समितिका प्रतिनिधित्व गर्दै मुख्य कार्यालय हेटौंडा बाट संस्थाका सचिव ईश्वर पंडित , थाहा नगर वडा न ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी,वडा न ४ का अध्यक्ष नारायण लामा,संस्थाका थाहा इकाई सल्लाहकार खड्गबहादुर गोपाली,कृष्ण भक्त श्रेष्ठ,संस्थाका वयोवृद्ध सदस्य रामजी कार्की,संस्थाका हेटौंडा सहसचिव निलम बजगाँई,संस्थाका ऋण समिति संयोजक सन्तोष देवकोटा,नेपाली काङ्ग्रेस थाहा ३ न वडा सभापति बिक्रम गोपाली,पालुङ शाखाको कार्यसमिति सदस्यहरु नेत्रमान प्रधान,रत्न बहादुर गोले,राजभाइ गोपाली,सुमन गोले लगायत सेयर सदस्य तथा कर्मचारीहरुको उपस्तिथि रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथी सांसद श्रेष्ठले संस्थाको बित्तीय प्रगतिको मुल्यांकन उच्च रहेकोले आगामी दिनमा संस्थाको प्रगतिको कामना गर्दै साधारणसभाको सफलताको शुभकामना दियका थिय।
साधारणसभामा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै थाहा संयोजक भरत गोपालीले विभिन्न स्थानमा छरिएर रहेका स-साना पुँजीलाई एकीकृत गरि सानै भएपनी राष्ट्रिय पुँजी निर्माण गर्न संस्थाले मद्दत गरेको बताउदै सहकारी संग सम्बन्धित ऐन कानुनको परिधिभित्र रही सदैव सहकारी अभियानमा आवद्द हुन आग्रह गर्नुभयो।वहाँले आगामी आर्थिक बर्ष शेयर सदस्य संख्या १५ सय पुर्याउने लक्ष थाहा सेवा केन्द्रको रहेको बताउदै यस बर्ष संस्थाले १७ लाख २० हजार खुद नाफा गरेको र ५ करोड ८० लाखको वार्षिक कारोबार गरेको प्रतिवेदन प्रस्तुत गरे।
हाल संस्थाको मुख्य कार्यालय सहित सबै सेवाकेन्द्रको संयुक्त कारोबारमा शेयर सदस्य संख्या १० हजार ८ सय ३० ऋण सदस्य २ हजार ९ जना,शेयरपुँजी १२ करोड ३८ लाख ६९ हजार ७ सय रहेको छ भने बचत तर्फ ६८ करोड ३१ लाख ५८ हजार ४ सय रुपैयाँ र बाह्य ऋण ४३ करोड २९ लाख ७ हजार २ सय ५२ रहेको प्रतिवेदनमा उल्लेख छ।
साधारणसभा लाई संस्थाका सदस्य रत्न बहादुर गोलेले स्वागत गरेका थिए भने संस्थाका व्यवस्थापक राममाया खत्रीले संचालन गरेका थिए।

chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...