Sunday, 19 May, 2024
थाहा नगर

दामन भ्यू टावर २० वर्षका लागि निजी क्षेत्रलाई

73226342_2472952692781016-1703602442.jpg

थाहा नगरपालिकाले पर्यटकीय क्षेत्र दामनस्थित भ्यू टावर संचालनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । तीन वर्षदेखि बन्द रहेको दामन भ्यू टावर पुस १ गतेदेखि २० वर्षका लागि दामन भ्यू टावर रिसोर्ट प्रालिलाई संचालनको जिम्मा दिएको हो ।

वार्षिक ५ लाख रुपैयाँ भाडामा नगरपालिकाले २० वर्षसम्म संचालनको जिम्मेवारी दिएको नगर प्रमुख विष्णु विष्टले बताए ।

गत मंसिर २६ गते दुवै पक्षबीच भएको सम्झौताअनुसार रिसोर्टले धरौटीबापत ५ लाख रुपैयाँ बुझाइसकेको छ भने भाडा वापतको ५ लाख आगामी वैशाखमा बुझाउने छ । हरेक ५ वर्षमा २० प्रतिशत भाडा बढाइने सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए ।

थाहा-४ को पर्यटकीय क्षेत्र दामनमा करिब ९ रोपनी क्षेत्रफल ओगटेको रहेको उक्त भ्यू टावरमा २ वटा टेलिस्कोपलगायत सुविधायुक्त कोठा, सभा हल र कटेज छन् । रिसोर्टले अहिले त्यहाँ मर्मतसम्भारको काम गरिरहेको छ ।

समुद्री सतहबाट २ हजार ३ सय २२ मिटर उचाईमा रहेको टावरबाट विश्वका उच्च १४ मध्ये ८ वटा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । त्रिभुवन राजपथ निर्माणका क्रममा विसं २०११ सालमा नक्सांकन गरिएको भ्यूटावर ०१८ सालमा निर्माण गरेको हो ।

पर्यटन मन्त्रालयअन्तर्गत रहेको यो भ्यू टावर दुई दशकसम्म सर्लाहीका एक व्यक्तिले ठेक्कामा लिएर संचालन गरेका थिए । तोकिएको ठेक्काको रकम पनि नदिएपछि सरकारले ०६५ सालमा जिल्ला विकास समिति मकवानपुरलाई ५ वर्षका लागि संचालनको जिम्मा दिएको थियो ।

सरकारले आठ वर्षअघि थाहा नगरपालिकालाई हस्तान्तरण गरेको भ्यू टावरमा ०७२ को भूकम्पले क्षति पुर्‍याएपछि नगरले मर्मत गरेको थियो ।इकान्तीपुर बाट 


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...