janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

थाहा नगर

दामनमा फलेको फुजी स्याउ(फोटो फिचर)

1720932311657-1720932328.jpg

समुन्द्री सतहदेखी  ७,६२० फिट उचाइमा रहेको थाहा नगरपालिकाको वडा न ४ दामनमा पर्ने  क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्र (७६ हेक्टर वर्ग कि.मि.) जसको स्थापना  बि.सं. २०२२ सालमा राजा महेन्द्रले गरेका थिए। 

हाल प्रदेश सरकार मातहत रहेर बागवानी बिकास केन्द्र दामन नामाकरण भएको केन्द्रमा राष्ट्रिय  फलफूल बिकास केन्द्र किर्तिपुरले ईटाली,साइप्रस र बेल्जियमबाट आयात गरेको उच्चतम  जातका स्याउहरु २०७३ सालमा  दामन स्थित शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्रले पनि आफ्नो बगानमा परिक्षणको निम्ति ल्याइएको थियो। जसमा जम्मा २ सय बोट उच्च घनत्व भएका (high density) जातका स्याउहरु फुजी,गाला,रेड डेलिसियस,गोल्डेन डेलिसियसको  उत्पादन गर्न  बागवानी केन्द्र दामन सफल भएको छ।
 दामन स्थित बागवानी फार्ममा लगाइएको उच्च घनत्व जातका स्याउहरुको बारेमा बागवानी का वरिष्ठ  प्राबिधिक समीर ज्ञामि मगरका अनुसार यी मध्य गोल्डेन डेलिसियस जातको भाले स्याउ चाहिँ पोलिनेसन( परागसेचन) को लागि प्रयोग  हुने र आफैंमा पनि फल लाग्ने बिशेषता भएको हुने बताउछन।
बिरुवा लगाएको पहिलो वर्षमा नै यी जातका स्याउका बोटहरुमा फल लागेको थियो। यी जातका स्याउहरुलाई बाच्न २,००० देखि ४,००० मिटरको उचाई,अत्यधिक चिसो भएको अनुकुल हावापानी  र फुल फुल्ने समयमा कम्तिमा पनि माइनस सात डिग्री सम्मको तापक्रम आवश्यक पर्ने तबमात्र यी जातका स्याउका बिरुवाहरु  सप्रन पाउने प्राबिधिक मगर बताउछन।
साथै  यस जातका स्याउहरु उत्पादन गर्नको लागि अलग्गै ब्लक बनाई एक बोट देखि अर्को बोट सम्मको दुरि १ मिटर र एक लाइनदेखि अर्को लाइनसम्मको दुरि ३ मिटर कायम गर्नुपर्दछ र उचाई १० फुट भन्दा माथी बढ्न दिनु हुँदैन,प्रत्येक साल हाँगा कटिङ गर्नु पर्दछ । त्यस पश्चात् धेरै फल लाग्ने हुन्छ। एउटा बोटमा करिब १० केजि सम्म फल फल्दछ र यी जातका स्याउको बिरुवाको औसत आयु २० देखि २५ वर्षको सम्म हुन्छ।
 फलफूल बिकास केन्द्रले हाल यस जातका स्याउका बिरुवाहरुको प्रती बोट मुल्य रु.१,१०० निर्धारण गरेको छ। दामन बागवानी फार्ममा भने बिक्रीवितरणको लागि तत्काललाई यी जातका स्याउका बिरुवा उपलब्ध नभएको बागवानीले बतायो, यस्ता  उच्च गुणस्तरका स्याउहरुको बजार मूल्य प्रतीकेजि रु.४ सय सम्म छ तर यहाँ उत्पादित स्याउको मूल्य जम्मा रु.१ सय ५० देखि २ सय सम्म मूल्य तोकिएको छ।
यसका अतिरिक्त यस बागवानी केन्द्रमा धेरै ब्लकहरु बनाई अनेकौं जातका  जापानी नासपाती,आरु,हलुवाबेद,कटुस,दाते ओखर,आरु बखडा,आरु,फुल मात्र फुल्ने आरु र किविका बिरुवाहरु जस्तै: हेवार्ड,ब्रुनो,एलिसन,रेड किवि र अबोर्ड लगाइएको छ, जसमा करिब १५०  बोट पोथी छन्।
हाल यहाँ नेपाल अधिराज्य भरबाट अत्यधिक बेर्नाहरुको माग भैरहेको बागवानी केन्द्र दामनले जानकारी दियको छ।यसैले पनि यसपालिको माग थेग्नलाई करिब  २० हजार जति फलफूलका बेर्ना बनाईएको छ। 
यसबाहेक यहाँ मौसम अनुसारका अर्ग्यानिक 
तरकारीहरुको उत्पादन अनि  सुपथ दरमा बिक्रीवितरण पनि हुने गर्दछ । आलुको बिउ,फलफूल,तरकारी,बेर्नाहरु  बिक्रीवितरणबाट यस बागवानी फार्मले बर्सेनि  २० देखि २५ लाखसम्म राजस्व संकलन गर्ने गरेको तथ्यांक छ।
बिगतमा पनि यस बागवानी फार्ममा स्याउका बिरुवाहरु लगाइएका थिए तर पहिला भएका विभिन्न जातका स्याउका बोटहरु बूढो भएर,चिसो कम भएर,रोग लागेर  मरेका छन् । तर आज बागवानी कृषि फार्मले आफ्नो सिमित र श्रोत साधनको साथ काम गर्नुपर्ने बाध्यता छ र आफ्नो छुट्टै पहिचान बनाउन संघर्षरत छ।

chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...