janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

थाहा नगर

दामनमा जेठ १८ देखि चार दिने ओशो ध्यान शिविर हुँदै ।

FB_IMG_1716556368928-1716558763.jpg

थाहाको दामनमा ५ दिने ओशो ध्यान शिविर संचालन हुने भएको छ ।  जेठ १८ गते देखि २१गते सम्म दामन स्थित ओशो पदमसंभव मेरिटेशन सेन्टर शिबिरमा ४ दिने शिबिर संचालन हुन लागेको हो । 

शिबिरमा नेपाल तथा भारतका ७० जना भन्दा बढी ओशो अनुयायीहरु सहभागी हुने र दामनमा संचालन हुने ओशो शिबिरले थाहाकाे  पर्यटन प्रवर्द्धन र प्रचार प्रसारमा ठूलो सहयोग भएको थाहा होटेल एशोसियसनका अध्यक्ष समेत रहेका दामन पदमशंभव मेरीटेसन सेन्टर ओशोका संयोजक शिव कुमार खत्रीले बताए ।  
ओशोको बिचारलाई बुझ्ने ईच्छा भएकाहरुले पनि कार्यक्रममा सहभागिता जनाउन सक्ने दामन ओशो संयोजक शिव कुमार खत्री बताउँछन् ।

दामनको प्राकृतिक सुन्दरता र शितलता योग अनि ध्यान गर्नको निम्ति सबैभन्दा उपयुक्त भएकोले दामनमा नै सबैभन्दा धेरै शिबिरहरु आयोजना गर्ने गरिएको शिविर आयोजकको भनाई

थाहा नगरपालिका वडा नं.४ दामनमा बि.सं. २०६५ मा ओशो ध्यान शिबिरको स्थापना भएदेखी नै निरन्तर ओशो शिबिरहरु संचालन हुँदै आईरहेका छन् ।  बिहार,भारत घर भएका नेपालका लागि प्रमुख ब्यवस्थापक  लल्लन कुमारका अनुसार २०७९ साल सम्ममा दामनमा मात्र ४५ वटा शिबिरहरु संचालन भएका छन् । नेपालमा  भएका अन्य ओशो  शिबिरहरुको तुलनामा दामनमा सबैभन्दा धेरै शिबिरहरु संचालन हुने गरेको स्वामी लल्लन कुमार बताउँछन् ।
दामनको प्राकृतिक सुन्दरता र शितलता योग अनि ध्यान गर्नको निम्ति सबैभन्दा उपयुक्त भएकोले दामनमा नै सबैभन्दा धेरै शिबिरहरु आयोजना गर्ने गरिएको शिविर आयोजकको भनाई छ ।
४ दिन सम्म चल्ने शिविरको लागि प्रवेश शुल्क ५ हजार तोकिएको छ।५ हजार शुल्क बुझाएपछि ४ दिनसम्म आवास सहितको ध्यान शिविरमा बस्न सकिने छ तेस्को लागि  ९८५५०७२२५२ मा सम्पर्क गरेर सिट सुरक्षित गर्न सकिने आयोजकले जनाएको छ।

FB_IMG_1716556368928-1716558776.jpg

फाइल फोटो

chayerog-1733658794.png

world-link-1690434568.jpg
चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रुपैयाँ सदस्यलाई बाँडफाँड
414942559_128855317516752-1744529388.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रकम सदस्यलाई बाँडफाँड...