pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दामनको गौरीशंकर होटलमा गुरु पुर्णिमा उत्सव र योग शिविर हुँदै ।

FB_IMG_1687876746915-1687876780.jpg

पद्मसम्भव ध्यान शिविर दामन,गौरी शंकर होटलमा गुरु पुर्णिमाको अवसर पारेर सशुल्क ध्यान,योगा,गुरुपुर्णिमा उत्सव तथा एक दिने शिविर संचालन हुने भएको छ ।
शिविरमा सक्रिय ध्यान शिविर (डाइनामिक मेडिटेशन) योग प्राणायाम, कुण्डलिनी मेडिटेशन, ओशो उत्सव साँझ, चक्र जागरण लगायतका विधि र कार्यक्रम हुने स्वामी आनन्द शिव ले बताए।
मानिसको अस्तव्यस्त जीवनशैली, मानसिक समस्या, शारीरिक स्वास्थ्यमा टेवा पु¥याउँदै खुशी र आनन्ददायी ढंगले जीवन जिउने कला सिकाउनु ध्यान शिविरको मुख्य उद्देश्य रहेको स्वामी आनन्द भाग्यवानले बताए ।
 बढ्दो मानसिक र शारीरिक समस्याको सहज समाधानमा ओशो ध्यान शिविरको भूमिका महत्वपूर्ण रहँदै आएको र धेरैले लाभ लिएको उनले बताए ।
दामन शिविरको सहजीकरण गर्न आएका स्वामी आनन्द भाग्यवन  ओशो ध्यान शिविरका अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् । भारत लगायतका देशमा उनले शिविरको सहजीकरण गर्दै आएका छन् ।

शिविरमा पूर्णतः सहभागीको सक्रियतालाई केन्द्रमा राखेर विभिन्न विधिद्वारा मेडिटेशनसँगै जीवन जिउने विभिन्न कला सिकाइने आयोजक पद्मशम्भव ध्यान शिविरका संचालक स्वामी आनन्द शिव ( शिवकुमार खत्री) ले बताए। ।
 ध्यान शिविर जीवनोपयोगी र अत्यन्त प्रभावकारी हुने हरेक मानिसले आफ्नो जीवन बुझ्न र जीवन जीउने कला सिक्न एक पटक ओशो आश्रममा हुने ध्यान शिविरमा सहभागी हुन जरुरी छ । त्यहाँ पुगेपछि कैयौं शब्दमा भन्न नसकिने विषय सहभागीले आफै अनुभव गर्ने र बुझ्नेछन् ।’ 
पदम शम्भव ध्यान केन्द्र दामनमा आवासीय रुपमा हरेक महिना कम्तीमा दुईवटा ध्यान शिविर र सहभागीको माग अनुसार साप्ताहिक रुपमा पनि शिविर हुने उक्त ध्यान केन्द्रका  प्रबन्ध निर्देशक स्वामी आनन्द शिव ( शिवकुमार) ले जानकारी दिए। योग ध्यान शिविरको लागि इच्छुक हरुले ९८५५०७२२५२ मा सम्पर्क गर्न सक्नुहुने छ भने ध्यान केन्द्रले थाहा नगरपालिका भित्र रहेको विद्यालय तथा पालुङ क्याम्पसका  विद्यार्थी हरुलाइ निशुल्क सेवा प्रदान गर्ने आयोजक पदमसम्भव ध्यान शिविरका स्वामी आनन्द शिव ( शिव कुमार खत्री,)ले जानकारी दिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...