Sunday, 05 May, 2024
थाहा नगर

दामनको गौरीशंकर होटलमा गुरु पुर्णिमा उत्सव र योग शिविर हुँदै ।

FB_IMG_1687876746915-1687876780.jpg

पद्मसम्भव ध्यान शिविर दामन,गौरी शंकर होटलमा गुरु पुर्णिमाको अवसर पारेर सशुल्क ध्यान,योगा,गुरुपुर्णिमा उत्सव तथा एक दिने शिविर संचालन हुने भएको छ ।
शिविरमा सक्रिय ध्यान शिविर (डाइनामिक मेडिटेशन) योग प्राणायाम, कुण्डलिनी मेडिटेशन, ओशो उत्सव साँझ, चक्र जागरण लगायतका विधि र कार्यक्रम हुने स्वामी आनन्द शिव ले बताए।
मानिसको अस्तव्यस्त जीवनशैली, मानसिक समस्या, शारीरिक स्वास्थ्यमा टेवा पु¥याउँदै खुशी र आनन्ददायी ढंगले जीवन जिउने कला सिकाउनु ध्यान शिविरको मुख्य उद्देश्य रहेको स्वामी आनन्द भाग्यवानले बताए ।
 बढ्दो मानसिक र शारीरिक समस्याको सहज समाधानमा ओशो ध्यान शिविरको भूमिका महत्वपूर्ण रहँदै आएको र धेरैले लाभ लिएको उनले बताए ।
दामन शिविरको सहजीकरण गर्न आएका स्वामी आनन्द भाग्यवन  ओशो ध्यान शिविरका अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् । भारत लगायतका देशमा उनले शिविरको सहजीकरण गर्दै आएका छन् ।

शिविरमा पूर्णतः सहभागीको सक्रियतालाई केन्द्रमा राखेर विभिन्न विधिद्वारा मेडिटेशनसँगै जीवन जिउने विभिन्न कला सिकाइने आयोजक पद्मशम्भव ध्यान शिविरका संचालक स्वामी आनन्द शिव ( शिवकुमार खत्री) ले बताए। ।
 ध्यान शिविर जीवनोपयोगी र अत्यन्त प्रभावकारी हुने हरेक मानिसले आफ्नो जीवन बुझ्न र जीवन जीउने कला सिक्न एक पटक ओशो आश्रममा हुने ध्यान शिविरमा सहभागी हुन जरुरी छ । त्यहाँ पुगेपछि कैयौं शब्दमा भन्न नसकिने विषय सहभागीले आफै अनुभव गर्ने र बुझ्नेछन् ।’ 
पदम शम्भव ध्यान केन्द्र दामनमा आवासीय रुपमा हरेक महिना कम्तीमा दुईवटा ध्यान शिविर र सहभागीको माग अनुसार साप्ताहिक रुपमा पनि शिविर हुने उक्त ध्यान केन्द्रका  प्रबन्ध निर्देशक स्वामी आनन्द शिव ( शिवकुमार) ले जानकारी दिए। योग ध्यान शिविरको लागि इच्छुक हरुले ९८५५०७२२५२ मा सम्पर्क गर्न सक्नुहुने छ भने ध्यान केन्द्रले थाहा नगरपालिका भित्र रहेको विद्यालय तथा पालुङ क्याम्पसका  विद्यार्थी हरुलाइ निशुल्क सेवा प्रदान गर्ने आयोजक पदमसम्भव ध्यान शिविरका स्वामी आनन्द शिव ( शिव कुमार खत्री,)ले जानकारी दिए।


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...