pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दन्त शिविरमा १ सय ७७ जनाको उपचार

FB_IMG_1687013560919-1687013574.jpg


राजकुमार केसी,थाहा, १ असार /नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाको आयोजना तथा ओम चावहिल डेण्टल हस्पिटल चावहिल र कोटेश्वर शाखा काठमाण्डौंको प्राबिधिक सहयोग थाहा नगरको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा एकदिने नि:शुल्क दन्त शिबिर सम्पन्न भएको छ ।

शिबिरमा १ सय ७७ जनाको दाँतको बिबिध उपचार गरिएको नेपाल रेडक्रस सोसाईटी दामन उपशाखाका कोषाध्यक्ष यादब रायमाझीले बताउनुभयो ।
शिबिरमा दाँतको परामर्श, सरसफाई, दात निकाल्ने, दाँत भर्ने र नि:शुल्क औसधी समेत बितरण गरिएको कोषाध्यक्ष रायमाझीले बताउनुभयो ।

ओम चावहिल डेण्टल हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले यस क्षेत्रमा नियमित रुपमा दन्त शिबिर संचालन गरिने बताउनुभयो ।

थाहा नगरपालिकाको सहयोगमा भएको शिबिर संचालनमा फरक सोच, पालुङ जेसीज, लायन्स क्लब अफ पिस थाहा, शिखरकोट बजार ब्यवस्थापन समितिको सहकार्यमा सिबिर संचालन भएको हो ।

शिबिर समापन कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सदस्य राज कुमार के.सी., लाईन्स क्लब अफ पिस थाहाका दिपक कार्की, फरक सोचका राजु पोखरेल, पालुङ प्राथमिक स्वास्थ केन्द्रका डा. रोशन अर्याल  लगायतको आतिथ्यता रहेकोे थियो ।
शिबिरमा थाहा नगरपालिका,  कैलाश गाउँपालिका लगायतका दाँंतका बिरामीहरुले सेवा लिएका नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाका सचिब राजाराम रायमाझीले बताउनुभयो।
नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाका सभापति मनश्याम बस्नेतको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा उपसभापति गीता कार्कीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । 
कार्यक्रममा उपशाखा सदस्य शकुन्तला गोपालीले धन्यवाद मन्तव्य दिनुभएको कार्यक्रममा सहयोगी संघसंस्था, शिविरमा सेवा दिएका स्वास्थकर्मीहरुलाई सम्मान पत्रले सम्मानित समेत गरिएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...