bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
368434171_615037517201311-1692942851.jpg

थाहा नगर

थाहा ७ का अप्ठ्यारो परिस्थितिमा रहेका १३ महिला हरुलाई सावुन बनाउने तालिम।

FB_IMG_1686061724293-1686063230.jpg

अप्ठ्यारो परिस्थितिमा रहेका महिलाहरुलाई लक्षित गरि स्थानीय स्तरमा नै लघुउद्यमको माध्यमबाट स्वरोजगारको सृजना गरी आर्थिक तथा सामाजिक ससक्तिकरण गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ थाहा ७ का १३ जना महिलाहरुलाई साबुन निर्माण आधारभुत सिप विकास तालिम दिइएको छ।


थाहा नगरपालिका महिला तथा बालबालिका जेष्ठ नागरिक तथा अपांग परिचयपत्र वितरण शाखाको आर्थिक सहयोग कुटेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल इजको प्राविधिक सहयोगमा महिलाहरूलाई साबुन र सर्फ बनाउने तालिम दिइएको हो।
५ दिन सम्म चलेको तालिममा प्रशिक्षक पुर्णिमा लो ले प्रशिक्षण दिएका थिए ।
तालिम पश्चात् साबुन तथा सर्फ निर्माण लघुउद्यम दर्ता र उत्पादनको प्रक्रियामा जाने सहकारीले जनाएको छ।


आगामी दिनमा स्थानीय उत्पादनमा आधारित लघुउद्यम व्यवसायको खोज तथा संचालन गर्दै महिलाहरुलाई समेट्दै लाने र त्यसको लागि छुट्टै कोषको स्थापना गर्ने संस्थाकी अध्यक्ष काइलीमाया गोलेले बताउनुभयो ।
तालिममा सहभागिता जनाउने महिला हरुलाई तालिम पश्चात् प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

 

shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...

निश्चित मापदण्ड निर्धारण गरेर मात्र पदक दिनेछौं :- गृहमन्त्री श्रेष्ठ
FB_IMG_1696243472248-1696243495.jpg

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बर्तमान सरकारले देशका युवालाई देशमा नै रोजगार दिनसक्ने...

राजा बन्न आवेदन खुल्यो,असोज २५ सम्म फारम भरिसक्नुपर्ने।
FB_IMG_1696170483584-1696170509.jpg

  गोरखामा दाैडिएर राजा बनेको इतिहास हामीले विद्यालयका पुस्तकमा पढेका छाैं । जुन इतिहासको विम्बात्मक रूपमा...

आयल निगमद्वारा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता
FB_IMG_1696156716863-1696156728.jpg

नेपाल आयल निगम लिमिटेडले शनिबार रातिबाट लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको भाउ फिर्ता लिएको छ। यो...

एसियन गेम क्रीकेटमा नेपाल क्वाटर फाइनलमा प्रवेश
FB_IMG_1696137498891-1696137510.jpg

माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ...

कस्तो छ आजको मौसम ?
FB_IMG_1691910023736-1693-1696129640.jpg

हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको...

आजको तरकारीको बजार भाउ,
tarkari-bazar-29092076-16-1696129310.jpg

कृषि उपज न्यूनतम     गोलभेडा ठूलो(भारतीय) (केजी) रू ४० गोलभेडा ...

नेपाल सिएमए संघ मकवानपुरमा अमर लामा स्याङतान
FB_IMG_1696129000381-1696129091.jpg

नेपाल सि.एम.ए संघ मकवानपुर को चौथो अधिबेशनले अमरलामा स्याङतानको अध्यक्षतामा १३ सदस्य कार्यसमिती चयन गरेको छ । आज...

चौघडा बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार र उद्यमी सदस्य बनाउने
FB_IMG_1696128742166-1696128787.jpg

हेटौंडा, १३ असोज  हेटौंडा उपमहानगरपालिकामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीका...