pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा ४ किटेनीमा जेष्ठ नागरिक मिलन केन्द्र संचालनमा

m1-1673365205.jpg

थाहा नगरपालिका वडा न ४ किटेनी घलेडाडामा रहेको किरातेश्वर मन्दिर परिसरमा बृद्धबृद्धाको लागि जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरेको छ । ६८ बर्ष पुगेका बृद्धबृद्धालाई सेवा दिने गरी केन्द्र सञ्चालनमा ल्याईएको हो । किरातेश्वर जेष्ठ नागरिक मिलन केन्द्र नाम राखेर थाहा नगरपालिकामा कृयाशील सामाजिक अभियान फरक सोचको पहल र स्थानिय युवाहरु तथा जेष्ठ नागरिककको पहलमा प्रयोग बिहिन भएर बसेको विद्यालय भवनलाइ बृद्धबृद्धाको लागि भलाकुसारी गर्ने स्थानको रुपमा दिवा सेवा प्रदान गर्ने गरी मिलन केन्द्र स्थापना गरेको फरक सोचका अभियान्ता यादव जंग रायमाझीले बताए ।

मिलन केन्द्र व्यवस्थापन गर्नको निम्ति एक समिती समेत गठन गरियको छ जस्को अध्यक्षमा सिताराम अधिकारी,उपाध्यक्ष सानुनानी अधिकारी ,सचिव नारायण खत्री तथा कोषाध्यक्ष निरन्जन अधिकारी रहेको ११ सदस्यीय समिती समेत गठन गरियको थियो । जेष्ठ नागरिकको सम्मान र संरक्षण गर्ने उद्देश्यले केन्द्र सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष सिताराम अधिकारीले बताए । केन्द्रको मंगलबार थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले उद्घाटन गरेका छन् । जनमुखी राजनीतिका धरोहर रुपचन्द्र बिष्टको जन्म जयन्ती तथा थाहा दिवसको अवसर पारेर मिलन केन्द्रको उद्घाटन गरियको हो।उद्घाटन कार्यक्रममा थाहा नगरका प्रमुख बिष्टले ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि मिलन केन्द्रको आवश्यकता रहेको बताउनुभयो । ज्येष्ठ नागरिकलाई आनन्दमय तरिकाले चिन्तन÷मनन गर्ने र त्यहीँ आफ्नो स्वास्थ्यको समेत चेकजाँच गर्न पाउने सहितको व्यवस्था गर्न नगरपालिकाले पहल गर्ने बताउनुभयो ।

समितिका अध्यक्ष सिताराम अधिकारीको सभापतित्वमा सम्पन्न मिलन केन्द्रको उद्घाटन समारोहमा थाहा ४ का अध्यक्ष नारायण लामा,३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,वडा न ४ का सदस्य सुन्दरराज केसी,३ का सदस्य कृष्णकुमार कार्की ,नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामा,नेपाली कांग्रेस नगर उपसभापति नवराज कार्की ,थाहा नगरपालिकाका सुचना अधिकारी सुरज कुमार भुजेल,फोटो पत्रकार गणेश बिष्ट,नापी कार्यालय शिखरकोटका प्रमुख गोपाल नारायण भुजेल लगायत जेष्ठ नागरीक,समाजसेवी हरुको उपस्थिति रहेको थियो। मिलन केन्द्र संचालन गर्नको निम्ति स्थानिय समाजसेवी तथा व्यावसायी हरुले भौतिक तथा आर्थिक सहयोग गरेको मिलन केन्द्र संचालन गर्नको निम्ति अहम भुमिका रहेको फरक सोचका अध्यक्ष यादव जंग रायमाझीले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरता रहिरहने बताए।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...