pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा ४ का दुइ खानेपानी उपभोक्ता समितीको दशक बित्दा पनि भएन भेला।

Screenshot_20220802-22081-1659458337.png

थाहा नगरपालिकाको वडा न ४ साबिक दामन गाबिस ४,५ को दामन खानेपानी उपभोक्ता समिति तथा तत्कालीन वडा न ६ किटेनिको कारुल खोला खानेपानी उपभोक्ता समितिले दशक बितिसक्दा पनि उपभोक्ता भेला नगरेको,हिसाब किताब सार्बजनिक नगरेको उपभोक्ता हरुले गुनासो गरेका छन।दामन खानेपानी र कारुल खोला खानेपानी दुबैको उपभोक्ता समेत रहेका थाहा ४ का बिक्रम केसिले दुबै खानेपानी उपभोक्ता समितिले बिगत लामो समयदेखी उपभोक्ता भेला नगरेको ,हिसाब सार्वजनिक नगरेको बताय।केसिले कारुल खानेपानीले १० बर्ष तथा दामन खानेपानी ले ८ बर्ष देखि उपभोक्ता भेला नडाकेको,नयाँ धारा जोड्दा दामन खानेपानीले चर्को शुल्क लिने गरेको बताय।
दामन खानेपानीको उपभोक्ता भेला राखौ भन्दा विभिन्न बहानामा टार्ने गरेको समितिका एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा बताय,उनका अनुसार हिसाब किताब गन्जगोल भएकोले उपभोक्ता भेला नडाकेको हुन सक्ने बताय।
यश बिषयमा दामन खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायण लामा सङ जिज्ञासा राख्दा वहाँले लामो समयदेखि भेला राख्न नसकेको स्विकार्दै २०७२ सालको भुकम्प पछि हालसम्म ग्राहक हरु सङ शुल्क उठन बाकी,तथा विविध कारण बस अडिट हुन नसकेको भन्दै हिसाब किताब क्लियर भएको तथा आबश्यक परे उपलब्ध गराउन सकिने बताउदै अब छिटोभन्दा छिटो हिसाब किताब क्लियर गरि अडिट गरि भेला बोलाउने बताउनुभयो।थाहा नगरपालिका ३,४ का २६० घरधुरी प्रत्यक्ष लाभान्वित रहेको दामन खानेपानी जोड्न नयाँ ग्राहक लाई श्रमदान मा सहभागी भएकालाइ ३७५० तथा श्रमदानना सहभागी नहुनेले नयाँ धारा जोड्दा १३२०० शुल्क लिने गरेको छ।एकजना मर्मत गर्न मासिक ६ हजारमा प्राबिधिक कर्मचारी राखेको समितिले बिगत ७ बर्ष देखि भेला भने गर्न सकेको छैन ।
यता थाहा ४ किटेनिमा रहेको कारुल खोला खानेपानी उपभोक्ता समितिको त झन कन्तबिजोग नै रहेको उपभोक्ता हरु बताउछन ,बिगत १० बर्ष देखि भेला गर्न नसकेको समितिले खानेपानी बितरण पनि प्रभावकारी रुपमा गर्न नसकेको उपभोक्ता हरुको गुनासो रहेको छ।
खानेपानी उपभोक्ता समितीका सचिव रबि बिष्टका अनुसार खानेपानी बितरण प्रभावकारी नहुनु समस्या रहेको बताउदै भेला गर्न उपभोक्ता हरुले नै चासो नदियकोले यस्तो अबस्था आएको बताउछन।
थाहा नगरको वडा वडामा खानेपानी बोर्डको अध्यक्ष चुनियतापनी नगर खानेपानी बोर्ड नबन्दा नगरका केही वडा तथा बस्ती हरुमा खानेपानी प्रसस्त मात्रामा हुदाहुदै पनि बितरण प्रणाली ब्यबस्थित नहुदा समस्या रहेको जानकार हरु बताउछन।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...