Saturday, 04 May, 2024
थाहा नगर

थाहा ११ का आगलागी पिडितलाई यातायात मजदुरहरुको १ लाख २० हजार नगद सहयोग

1710598650284-1710598802.jpg

थाहा नगरपालिका वडा नम्बर ११ मालागिरीका अग्नि पीडितलाई यातायात मजदुरहरुले  आर्थिक सहयोग गरेको छ ।

३ चैतमा नेपाल आयल पेट्रोलियम चालक संघ थानकोट इकाइका सदस्य थाहा नगरपालिका वडा न १२ स्थायी घर भएका देवलाल स्याङ्तान सहितको टोली पीडितको घर पुगेर नगर उपप्रमुख भरत गोपालीको हातबाट नगद सहयोग गरेको हो ।
सहयोगि हरु थोकर सेवाका संचालक दोर्जे लामा थोकर,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटी सदस्य तथा कर्मक्षेत्र ढुवानीका संचालक थाहा ८ का  डम्बर लामा,एकीकृत अखिल नेपाल यातायात मजदुर संगठनका ज्ञान बहादुर गोले सहितको टोलीले नगद १ लाख २०  हजार ८ सय १० रुपियाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

सहयोग रकम वितरण गर्दै थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले बिपत्तिमा  पर्दा एक अर्काले सहयोग गर्ने नेपालीको बानी भएको हुँदा  सहयोगमा जुट्ने हातहरुलाई बिशेष धन्यवाद दिदै सम्पुर्णमा सहयोगको लागि आव्हान गर्नुभएको थियो  । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश सदस्य डम्बर लामाले तत्कालका लागि सबै दलहरु संग आवद्द यातायात मजदुर हरुबाट संकलन गरेर नगद सहयोग गरेको बताउदै मानवताको सेवामा जुट्न सम्पुर्ण यातायात मजदुर लाई आव्हान गर्दै सहयोगको लागि धन्यवाद व्यक्त गरे ।

कार्यक्रम ११ नम्बर वडा अध्यक्ष दिनेश बलको प्रमुख आतिथ्यतामा भएको थियो भने नेकपा एमालेका सुनिता दोङ,नेपाली काङ्ग्रेसकि सुनमाया भोम्जनको उपस्तिथि रहेको थियो।
थाहा ११ मालागिरीका सुरेन्द्र लामाको घर २४ फागुनमा विद्युतीय तार सर्ट भएको आगजनी भएको हो । आगजनीले लामाको घर र सम्पूर्ण सामान पूर्ण रुपले नष्ट भएको छ ।

 

1710598625023-1710598802.jpg

world-link-1690434568.jpg
चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...