pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा ११ का आगलागी पिडितलाई यातायात मजदुरहरुको १ लाख २० हजार नगद सहयोग

1710598650284-1710598802.jpg

थाहा नगरपालिका वडा नम्बर ११ मालागिरीका अग्नि पीडितलाई यातायात मजदुरहरुले  आर्थिक सहयोग गरेको छ ।

३ चैतमा नेपाल आयल पेट्रोलियम चालक संघ थानकोट इकाइका सदस्य थाहा नगरपालिका वडा न १२ स्थायी घर भएका देवलाल स्याङ्तान सहितको टोली पीडितको घर पुगेर नगर उपप्रमुख भरत गोपालीको हातबाट नगद सहयोग गरेको हो ।
सहयोगि हरु थोकर सेवाका संचालक दोर्जे लामा थोकर,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटी सदस्य तथा कर्मक्षेत्र ढुवानीका संचालक थाहा ८ का  डम्बर लामा,एकीकृत अखिल नेपाल यातायात मजदुर संगठनका ज्ञान बहादुर गोले सहितको टोलीले नगद १ लाख २०  हजार ८ सय १० रुपियाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

सहयोग रकम वितरण गर्दै थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले बिपत्तिमा  पर्दा एक अर्काले सहयोग गर्ने नेपालीको बानी भएको हुँदा  सहयोगमा जुट्ने हातहरुलाई बिशेष धन्यवाद दिदै सम्पुर्णमा सहयोगको लागि आव्हान गर्नुभएको थियो  । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश सदस्य डम्बर लामाले तत्कालका लागि सबै दलहरु संग आवद्द यातायात मजदुर हरुबाट संकलन गरेर नगद सहयोग गरेको बताउदै मानवताको सेवामा जुट्न सम्पुर्ण यातायात मजदुर लाई आव्हान गर्दै सहयोगको लागि धन्यवाद व्यक्त गरे ।

कार्यक्रम ११ नम्बर वडा अध्यक्ष दिनेश बलको प्रमुख आतिथ्यतामा भएको थियो भने नेकपा एमालेका सुनिता दोङ,नेपाली काङ्ग्रेसकि सुनमाया भोम्जनको उपस्तिथि रहेको थियो।
थाहा ११ मालागिरीका सुरेन्द्र लामाको घर २४ फागुनमा विद्युतीय तार सर्ट भएको आगजनी भएको हो । आगजनीले लामाको घर र सम्पूर्ण सामान पूर्ण रुपले नष्ट भएको छ ।

 

1710598625023-1710598802.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...