pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा महोत्सवमा जेष्ठ नागरिकलाई प्रवेश निशुल्क,विद्यार्थीलाई ७५ रुपैयाँ मात्र

ma1-1701099910.jpg

यही मंसिर १४ गतेदेखिबाट थाहानगरमा हुने चौथो थाहा महोत्सवको लागि आयोजकले ७० बर्ष माथिका जेष्ठ नागरिकहरु लाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ।मुख्य आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालका अनुसार प्रति व्यक्ति टिकट सय रुपैयाँ, विद्यार्थीलाई ७० रुपैयाँ र ७० वर्ष उमेर भन्दा माथिलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको जानकारी दिनुभयो। 
स्टल निर्माणको कार्य अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा मंसिर २५ गतेसम्म थाहा नगरमा बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन हुदैछ ।
२ सय ५० वटा स्टल सञ्चालन गर्ने लक्ष्य लिएकोमा २ सय ३० वटा स्टल बुकिङ भइसकेको थाहा नगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले बताए।स्टल बुकिङ नहुन्जेलसम्म बुकिङ खुल्ला रहने श्रेष्ठले बताए। महोत्सवमा स्टल बुकिङ गर्दा अग्रिम ५० प्रतिशत रकम भुक्तान गर्नुपर्ने आयोजकले जनाएको छ ।

यसैगरी १० दिनसम्म सञ्चालन हुने महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती पनि हुनेछ । अहिलेसम्म ४० जना राष्ट्रिय कलाकारसँग टुङ्गो लागिसकेको उनले जानकारी दिए ।

गत असोज ३० गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले थाहानगर उवासंघलाई आगामी मंसिर १४ देखि २५ सम्म थाहा महोत्सव गर्न अनुमति दिएको थियो ।
अहिले स्टल निर्माणको कार्य धमाधम भैरहेको छ भने महोत्सव स्थल नजिकै चेक ड्याम लाई थुनी नौका बिहार बोटिङ मिनि ताल पनि निर्माण भैरहेको छ।

ma2-1701099910.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...