pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण पुस २८ देखि

FB_IMG_1736518048665-1736518063.jpg

मकवानपुरमा हुने थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण पुस २८ देखि सुरु हुने भएको छ। फेस्टिभल माघ १ सम्म चल्नेछ।

फेस्टिभल थाहा नगरपालिकास्थित बज्रबाराहीमा हुनेछ। ‘पर्यटनका लागि चलचित्र’ भन्ने नारासहित आयोजना हुँदै आएको फेस्टिभलले फिल्ममार्फत् आन्तरिक पर्यटनलाई जोड्ने आयोजकको लक्ष्य छ।

फेस्टिभलमा सर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी २० फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ। आयोजक संस्था थाहा कला केन्द्रका अनुसार फेस्टिभलमा लागि पेस भएका ४६ फिल्ममध्येबाट २० फिल्म छानिएको हो।

फेस्टिभलमा फिचर फिल्ममा ‘पखेटा’, ‘टुल्की’, ‘बाटो’, ‘लाखे’, ‘सतिदेवी’ र ‘मोदिबेनी’ परेको छ। सर्ट फिल्मतर्फ ‘बेली’, ‘अन्तवार्ता’, ‘द रोप अफ होप’, ‘निर्देश’, ‘दुई सय रुपैयाँ’ र ‘खिल’ छन्। यस्तै, डकुमेन्ट्रीतर्फ ‘हिउँ चितुवा’ र ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ छन्। यसवर्ष फेस्टिभलमा नेपाली फिल्मको समीक्षा र विविधताजस्ता समसामयिक विषयमाथि छलफल हुनेछ।

पर्यटकीय गन्तव्यका रूपमा परिचित र सांस्कृतिक रूपमा पनि धनी थाहा नगरपालिका फिल्म छायांकनका लागि रोजाइमा पर्ने ठाउँ हो। थाहा नगरपालिकाका दर्शकलाई फिल्म देखाउने लक्ष्यसहित आन्तरिक पर्यटन बढाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको फेस्टिभल संयोजक प्रमोदकृष्ण जोशीले बताए।

‘काठमाडौँ र हेटौंडाजस्ता सहरको नजिकै रहेर पनि थाहा नगरपालिकामा हालसम्म कुनै फिल्म हल सञ्चालनमा छैन। त्यसकारण सहजै फिल्म हेर्न नपाउने यहाँका दर्शकलाई लक्षित गरी फेस्टिभल आयोजना गरिएको हो।’ उनले भने, ‘फिल्म हेर्ने बहानामा आन्तरिक पर्यटन पनि फस्टाओस् भन्ने हाम्रो उद्देश्य हो।’

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...