pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा न्यायीक समिती द्वारा आयोजित ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सम्पन्न

FB_IMG_1733405676166-1733409275.jpg

थाहा नगरपालिकाको न्यायिक समितिले मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम सम्पन्न गरेको छ । १४मंसिर बाट सुरु भएको तालिम २० मंसिरमा एक कार्यक्रम बिच समापन गरिएको हो । मेलमिलाप सम्बन्धि तालिम लिएपछि गाउँ टोलमा भएका विवादहरुलाई समाधान गर्न सक्षम भएको महसुस गरेको थाहा नगरपालिका वडा नं ८ का गौतम बुद्द लामाले बताउनु भयो।

त्यसैगरी सामाज भएका विवादहरुमा पहिला परम्परागत र दबाब मुलक थियो भने तालिम लिएपश्चात दुबै पक्षको मनाशायलाइ बुझेर मात्र निर्णय गर्नुपर्छ भन्ने सिकाइ भएको थाहा ४ को श्रीकृष्ण केसीको भनाइ छ । 
थाहा नगर पालिकाका उपप्रमुख तथा न्यायीक समिति संयोजक भरत गोपालीले नगरपालिकामा आएका अधिकांश विवाद समाधान गरि पठाएको बताउनुभयो । उहाँले दर्ता भएका तथा नभएका लिखित तथा मौखिक दर्जनौ विवादको समाधान गरिएको र आफना मातहत भन्दा वाहिर रहेका विवादलाई न्यायिक लडाईका लागि अदालतसम्म पठाएको जानकारी दिनुभयो ।
उपप्रमुख गोपालीले अहिलेपनि समाजका व्यक्तिहरुले झिना मसिना मुद्दाहरुमा पनि प्रहरी प्रशासन एवम अदालतको नै भर पर्नुपर्ने बाध्यता रहेको हँुदा गम्भिर प्रकृतिका मुद्दा बाहेक अन्य झिना मसिना मुद्दाहरुलाई आफनै गाँउ ठाँउमा मेलमिलाप केन्द्र मार्फत गर्नुपर्नेमा सुझाव दिदै उनले मेलमिलाप राम्रोसंग सञ्चालनका लागि नगरपालिकाबाट गर्नुपर्ने सहयोगका लागिपछि नहटने प्रतिवद्धता व्यक्त गरेका थिए ।

न्यायिक समिति थाहा नगरपालिकाद्धारा आयोजित मेलमिलाप सम्बन्धी (४८ घण्टे) आधारभूत तालिमको समापन समारोहलाई सम्बोधन गर्नुहँुदै नगर प्रमुख  बिष्णु बिष्टले थाहा नगरपालिकाको समाजमा लुकेर बसेका घटनाहरुलाई बाहिर ल्याउन टोल टोलमा गएर सचेतनामुलक कार्यक्रमहरु गर्न आवश्यक रहेकोले सचेतना अभिबृद्दिमा  जोड दिन मेलमिलापकर्ताहरुलाई आग्रह गरे । वहाँले समाजमा हुने गरेको मनमुटाव, खिचातानी, वादविवादका कारण सभ्य समाज निर्माणमा समस्या श्रृजना हुने गरेको हुदा सभ्य समाजको निर्माण, भाईचराको सम्बन्ध कायम गर्नका लागि पनि मेलमिलापको अवधारणा सकारात्मक रहेको बताए।

तालिममा नगरपालिकाको १२ वटै वडाका ३६ जनाको सहभागिता रहेको थियो । तालिममा मेलमिलापमा आवश्यक सिपहरु, सहजीकरण सीपहरु, कानुनी तथा न्यायिक पक्षहरु, मानव अधिकार, विवाद समाधानका तरिकाहरु, स्थानीय तहमा न्यायिक अधिकारको प्रयोग, मेलमिलाप सम्बन्धी ऐन र नियामावली, मेलमिलापकर्ताको भुमिका र दायित्वहरु, मेलमिलापमा प्रसंशनिय दृष्टिकोणको परिचय, बहुसरोकार रहेको विवाद मेलमिलाप लगायतका विषयमा जानकारी गराइएको थियो । तालिम लाई प्रशिक्षक हरु बन्धुराज पौडेल र कविता अधिकारीले सहजिकरण गरेका थिए ।
चितवनको रत्ननगर नगरपालिका सौराहमा भएको ४८ घण्टे आवासिय तालिमको उद्घाटन रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठकको आतिथ्यतामा भएको थियो भने रत्ननगर नगरपालिकाका मेलमिलाप केन्द्रका संयोजक भुपेन्द्र अधिकारी,मेलमिलाप सचीव संगिता खनाल,थाहा नगरपालिकाका मेलमिलाप सदस्य बम बहादुर सिन्तान,अनिता बल,थाहा नगरपालिकाका मेलमिलाप  सहजकर्ता गोपी कार्की लगायतका उपस्तिथि रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बिष्ट र उपप्रमुख गोपालीले सहभागी हरुलाई प्रमाणपत्र प्रदान गरेका थिए।

1733409265630-1733409275.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...