Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

थाहा नगर स्तरीय शिक्षक भलिबलको उपाधी सुन्दरीदेवी लाई

322387011_317879833570620-1672498977.jpg

मकवानपुर जिल्लास्थित थाहा नगरपालिका को आर्थिक सहयोगमा सुन्दरी देवी मा.वि.को आयोजनामा थाहा नगरपालिका स्तरिय शिक्षक भलिबल प्रतियोगिता थाहा नगरको वडा न ७ डाडाबासमा रहेको सुन्दरीदेवी माबिमा प्रतियोगिता सोमबार सम्पन्न भएको हो। प्रतियोगितामा थाहा नगरपालिकाका १२ वटा विद्यालय सहभागी भएकोमा आयोजक सुन्दरीदेवी मा.वि. प्रथम, स्वच्छन्द भैरव मा.वि.चित्लाङ द्वितीय,सरस्वती विद्या मन्दिर बज्रवाराही तृतीय र जनकल्याण माबी सान्त्वना  भएका छ्न्। प्रथम हुनेलाई तीस हजार नगद सहित शिल्ड मेडल  प्रमाणपत्र , द्वितीय हुनेलाई बीस हजार नगदसहित प्रमाणपत्र, तृतीय हुनेलाई दस हजार नगदसहित प्रमाणपत्र तथा सान्त्वना हुनेलाइ नगद पाँच हजार वितरण गरियको थियो।  साथै, खेलमा प्रथम स्थान हात पार्न सफल भएको सुन्दरीदेवीका शिक्षक प्रकाश बहादुर चन्द उत्कृष्ट खेलाडी घोषित हुनुभयो भने स्वच्छन्द भैरवका पिताम्बर घिमिरे उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटर सुन्दरीदेवीकै प्रताप सिंह गोले हुनुभयो। सुन्दरीदेवी माबी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनायक गोलेको अध्यक्षतामा सम्पन्न समापन समारोह थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको बिशिस्ट आतिथ्यता रहेको थियो।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png