gumba-1715660528.jpg
Tuesday, 21 May, 2024
थाहा नगर

थाहा नगर बाल भेला सम्पन्न

289319928_352411903676143-1655906407.jpg

      थाहा नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा सुनौलो सामुदायिक सिकाई केन्द्र थाहा १ को समन्वयमा थाहा नगरपालिकामा अवस्थित नगर बाल सञ्जाल , वडा स्तरीय बाल क्लव, विद्यालयमा गठित बालक्लवहरुका पदाधिकारीहरुको भेला थाहा ३ शिखरकोटको विकास घरमा आज सम्पन्न भयो । नगर बाल सञ्जालका अध्यक्ष खुसी गोपालीको अध्यक्षता तथा नगर प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्ष, नगरका बालवालिका, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु तथा संघसंस्थाका प्रतिनिधिहरु गरि १०५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममाथाहा नगरपालिकाको आगामी आ.व. ०७९÷०८० का लागि हुन गइरहेको नीति तथा कार्यक्रममा बालवालिकाहरुको आवाज सम्वोधन होस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । पहिलो चरणमा बालवालिकाहरुको ४ ओटा समुह निर्माण गरि उनिहरुका आवश्यकताहरु टिपोट गर्ने र आ—आफ्ने समुहवाट नेता छनौट गरि प्रस्तुत गरियो भने दोस्रो चरणमा ४ ओटै समुहवाट आएका बुँदाहरुलार्ई उच्च, मध्यम र सामान्य महत्वको आधारमाप्राथमिकिकरण गरि एकिकृत दस्तोजीकरण गर्ने कार्य गरिएको थियो ।   

   कार्यक्रममा नगर शिक्षा प्रमुख शोभाकर रेग्मीले कार्यक्रमवाट माग भएका बाल आवाजलाई कार्यान्वयनको लागि आफ्नो तर्फवाट सम्वोधन गरिने तथा नगर कार्यपालिकामा अनुरोध गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । जनकल्याण मा.वि. का प्रधानाध्यापक सानोभाई कार्कीले बालबालिकाहरुवाट प्रस्तुत माग तथा अवधारणा विचारणीय, सोचनिय र मननिय रहेकोले अभिव्यक्त गर्दै सम्वन्धित निकायवाट यसको कार्यान्वयन गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । बालबालिकाहरुका लागि नीति निर्माण भइरहँदा बालबालिकाककै आवाज उत्थान हुने गरि कार्यक्रम गरिनु सान्दर्भिक भएको कुरा बज्रवाराही मा.विं का प्रधानाध्यापक रमेशमान डंगोलले व्यक्त गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष हिरेन्द्र रायमाझि, नारायण लामा, शिक्षा शाखा अधिकृत माधव विक्रम मल्ल, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, सुचना अधिकारी सुरज कुमार भुजेल, इन्द्रायणी मा.वि.का पधानाध्यपक नारायण बहादुर कार्की, सरस्वती मा.वि.का प्रधानाध्यापक राजेन्द्र थापा, झम्केश्वरी मा.वि.का प्रधानाध्यापक उद्धव प्रसाद आचार्य, मत्स्यानारायण मा.वि.का प्रधानाध्यापक विष्णुहरि ढकाल लगायत विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

  प्रस्तुत मागपत्र नगर कार्यपालिका तथा नीति तथा कार्यक्रममा प्रस्तुत गर्नको निम्ति असार ९ गते नगर प्रमुखलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।थाहा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा लामाले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य प्रकाश पार्नुभएको कायर्यक्रमको समन्न्वय तथा संचालन सुनौलो सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रुपचन्द्र गोपालीलेगर्नुभएको थियो ।  
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

288852959_722332682384285-1655906410.jpg
288920757_559644172332304-1655906472.jpg
288846638_933240317494950-1655906472.jpg

world-link-1690434568.jpg
अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान
1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...