pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

थाहा नगर

थाहा नगर प्रमुखलाई दलित मुक्तिमोर्चाले ज्ञापनपत्र बुझायो

IMG_20250508_113004_542-1746696097.jpg

थाहा बैशाख २५
नेपाल दलित मुक्ति मोर्चा, थाहा नगर समितिले थाहा नगरपालिकालाई छुवाछुतमुक्त नगर घोषणासँगै दलित समुदायको हक, अधिकार र सशक्तिकरणका माग गर्दै आज एक ज्ञापनपत्र बुझाएको छ।

थाहा नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चा थाहा नगर कमिटी अध्यक्ष सुरेन नेपाली, इन्चार्ज अर्जुन सुनार, मकवानपुर जिल्ला संयोजक जमिन दियाली तथा अन्य दलित जनप्रतिनिधिहरूको उपस्थितिमा नगर प्रमुखलाई ज्ञापनपत्र बुझाइएको हो।

ज्ञापनपत्रमा संविधानले सुनिश्चित गरेका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयन, दलित छात्रवृत्ति, भूमिहीन र आवासविहीन दलितको अधिकार सुनिश्चित, दलित सशक्तिकरण ऐन निर्माण, परम्परागत पेशाको संरक्षण र बजेट व्यवस्थापन, पालिकामा समावेशी नियुक्ति प्रक्रिया, नगरस्तरीय दलित विकास बोर्डको गठन र अन्तरजातीय विवाह गर्ने जोडीको पुनःस्थापनाको माग गरिएका छन्।

ज्ञापनपत्रमा भनिएको छ, “२०६३ सालमा नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भइसके पनि व्यवहारमा छुवाछुत र जातीय भेदभाव कायमै छ। संविधानमा उल्लेखित धारा २४, ४० र ४२ मा स्पष्ट व्यवस्था भए पनि यसको कार्यान्वयनमा सरकार बेखबर देखिएको छ।”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाले माओवादी आन्दोलनपछि दलित अधिकारका विषयमा गरिएको घोषणाको कार्यान्वयन नगरेको भन्दै वर्तमान सरकारप्रति पनि गम्भीर आपत्ति जनाएका छन्।

दलित समुदायको शिक्षा, स्वास्थ्य, आवास, पेशा, रोजगार र सामाजिक सुरक्षा सुनिश्चित गरी थाहा नगरलाई नमुना छुवाछुतमुक्त नगर घोषणा गर्न मोर्चाले माग गरेको छ। हेर्नुस ज्ञापनपत्र

1746695946589-1746696097.jpg
1746695949198-1746696129.jpg
IMG_20250508_113013_304-1746696129.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...