Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

थाहा नगरस्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर ४ र ९

320670644_118648218197277-1671810817.jpg

 मकवानपुर थाहा नगरपालिकाको आयोजनामा भएको वडास्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल ९ पुसमा हुने भएको छ । फाइनलमा थाहा नगरपालिका वडा नम्बर ४ र ९ भिड्ने भएका छन् । ८ पुसमा थाहा २ लाई २–० गोल अन्तरले पराजित गर्दै थाहा–९ फाइनलमा प्रवेश गरेको हो भने थाहा–३ लाई १–० गोल अन्तरले पराजित गर्दै थाहा–४ फाइनलमा प्रवेश गरेको हो । ९ पुस विहान ११ बजे इन्द्रायणी चौर खेल मैदानमा फाइनल प्रतियोगिता हुने खेलकुद विकास समिति थाहानगरका सदस्य यादवजंग रायमाझीले जानकारी दिए । प्रतियोगितामा थाहा नगरपालिकाका ५ र ८ नम्बर वडा बाहेक अरु १० वटा वडाको टिम सहभागी रहेका थिए । थाहानगरको इन्द्रायणी चौर खेल मैदानमा ५ पुसबाट संचालन भैरहेको प्रतियोगिता स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको थाहा नगरपालिका सामाजिक विकास अधिकृत अनिल लामिछानेले जानकारी दिए । वडास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु यहि २६ पुसबाट आयोजना हुने थाहा गोल्डकप प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । ९ पुससम्म संचालन हुने प्रतियोगिताका विजयी टिमलाई ३० हजार नगद शिल्ड, मेडल तथा प्रमाणपत्र, उपविजेतालाई १५ हजार र तेस्रो र चौथो स्थानकालाई ५÷५ हजार रुपियाँ पुरस्कार दिइने थाहा नगरपालिकाले जनाएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png