Thursday, 09 May, 2024
कृषि

थाहा नगरले कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री दिदै।

DSCN4811-1690558428.JPG

थाहा नगरपालिकाले पालिकाभित्रका कृषि समूह र कृषक फार्महरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर उपलव्ध गराउने भएको छ । आर्थिक बर्ष २०८०/०८१ को बजेटले कृषकलाई सहुलितपूर्ण दरमा कृषि सामग्री दिने नीति पारित गर्दैै बजेटसमेत विनियोजन गरिसकेको छ ।

स्वीकृत बजेटबाट किसान समुहलाई खेतवारी जोत्न ट्रयाक्टरदेखि लिएर मलखाद तथा वालीमा लगाउने औषधिलगायतका सामग्रीहरुसमेत अनुदानमा उपलव्ध गराउने निर्णय भएको कृषि विकास शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । उनका अनुसार मलखाद र औषधिमा भने पालिकाले ७५ प्रतिशत अनुदान दिदै छ । पालिकाले विभिन्न जातका हाते ट्रयाक्टर वितरण गर्ने भन्दै बिहीबार ३० दिनको समय दिएर सूचनासमेत जारी गरिसकेको उनले जानकारी दिए ।

कृषि समूह, कृषि सहकारी र कृषि फार्महरुलाई अनुदानमा दिइने यी सामग्री पाउनका लागि फार्म संचालकको ठेगाना, पान नम्बर, व्यवसाय दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्रलगायतका कागजात पेश गर्नुपर्ने सर्त छ ।

आवश्यक काजगातसहित निवेदन दिएपछि नगरपालिकाले अनुगमन र मूल्यांकन समेत गरेर योग्य फार्म, समूह र सहकारीलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा कृषि उपकरण र मलखाद उपलव्ध गराउने नगरपालिकाले जनाएको छ ।

 


world-link-1690434568.jpg
कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...