pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरमा सहकारी दिवस मनाईयो

434670676_122153774396056-1712069145.jpg

“सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नाराका साथ  ६७ औं राष्ट्रिय सहकारी दिवस थाहामा एक कार्यक्रम सहित मनाइएको छ । 

सहकारी दिवसको दिन चैत्र २० गते मंगलबार थाहा नगरपालिका र पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा उत्कृष्ट सहकारी सम्मान तथा तालिम कार्यक्रम आयोजना गरि मनाइएको हो।

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टको सभाध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम  भएको थियो । कार्यक्रममा  बोल्दै प्रमुख अतिथी गिरीले सहकारी जस्तो पवित्र अभियान लाई एकाध संस्थाले गर्दा झस्किनुपर्ने अवस्था आएको बताउदै बिश्वासलाई कायम राख्न आफ्नो उद्देश्य अनुरुप चल्न पर्ने बताउनुभयो । उहाँले थाहा नगर भित्रको सहकारीको नियमन र अनुगमन भित्र ल्याउन कडा कदम चालिएको बताउदै राम्रो काम गर्ने सहकारी लाई नगरले पुरस्कृत गरेको बताए।

कार्यक्रममा बोल्दै संचार सहकारीका पुर्व केन्द्रिय अध्यक्ष तथा सहकारीकर्मी बिष्णुहरी ढकाल जंगलीले सहकारीहरुले सदस्यहरुको साझा समस्यालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो।
 उहाँले स्थानीय सरकारले आर्थिक क्रियाकलाप चलामायन बनाउन सरकारको मात्र मुख नताकी नगरपालिका भित्र रहेका सहकारी संस्थाहरु संग साझेदार गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य फणिन्द्र सुवेदी,सहकारीकर्मी महेश्वर सुवेदी,थाहा नगरपालिका वडा न ४ का अध्यक्ष नारायण लामाले शुभकामना मन्तव्य राखेका थिए।

थाहा नगरपालिका सहकारी शाखाका प्रमुख अस्मिता तिवारी घिमिरेले सञ्चालन गरेको कार्यक्रममा थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका पुर्व प्राचार्य केशव बहादुर थापाले  सहकारीमा सुशासन:प्रविधि र एकीकरणको बिषयमा नगरभित्रका सहकारीकर्मी हरुलाइ तालिम सहजीकरण गरेका थिए।

कार्यक्रममा  विभिन्न सूचकहरुमा उत्कृष्ट अंक ल्याएका ३ वटा सहकारी संस्थालाई पुरस्कृत समेत गरिएको थियो ।  पुरस्कृत हुनेमा बहुउद्देश्यीय सहकारी तर्फ लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्था थाहा १ ओखरबजार,बचत तथा ऋण तर्फ कुन्छाल बचत तथा ऋण सहकारी संस्था लि.थाहा १ कुन्छाल र कृषि सहकारी तर्फ साना किसान कृषि सहकारी थाहा ६ बज्रवाराही लाई २० हजार नगद प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...