Wednesday, 08 May, 2024
थाहा नगर

थाहा नगरमा सहकारी दिवस मनाईयो

434670676_122153774396056-1712069145.jpg

“सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नाराका साथ  ६७ औं राष्ट्रिय सहकारी दिवस थाहामा एक कार्यक्रम सहित मनाइएको छ । 

सहकारी दिवसको दिन चैत्र २० गते मंगलबार थाहा नगरपालिका र पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा उत्कृष्ट सहकारी सम्मान तथा तालिम कार्यक्रम आयोजना गरि मनाइएको हो।

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टको सभाध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम  भएको थियो । कार्यक्रममा  बोल्दै प्रमुख अतिथी गिरीले सहकारी जस्तो पवित्र अभियान लाई एकाध संस्थाले गर्दा झस्किनुपर्ने अवस्था आएको बताउदै बिश्वासलाई कायम राख्न आफ्नो उद्देश्य अनुरुप चल्न पर्ने बताउनुभयो । उहाँले थाहा नगर भित्रको सहकारीको नियमन र अनुगमन भित्र ल्याउन कडा कदम चालिएको बताउदै राम्रो काम गर्ने सहकारी लाई नगरले पुरस्कृत गरेको बताए।

कार्यक्रममा बोल्दै संचार सहकारीका पुर्व केन्द्रिय अध्यक्ष तथा सहकारीकर्मी बिष्णुहरी ढकाल जंगलीले सहकारीहरुले सदस्यहरुको साझा समस्यालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो।
 उहाँले स्थानीय सरकारले आर्थिक क्रियाकलाप चलामायन बनाउन सरकारको मात्र मुख नताकी नगरपालिका भित्र रहेका सहकारी संस्थाहरु संग साझेदार गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य फणिन्द्र सुवेदी,सहकारीकर्मी महेश्वर सुवेदी,थाहा नगरपालिका वडा न ४ का अध्यक्ष नारायण लामाले शुभकामना मन्तव्य राखेका थिए।

थाहा नगरपालिका सहकारी शाखाका प्रमुख अस्मिता तिवारी घिमिरेले सञ्चालन गरेको कार्यक्रममा थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका पुर्व प्राचार्य केशव बहादुर थापाले  सहकारीमा सुशासन:प्रविधि र एकीकरणको बिषयमा नगरभित्रका सहकारीकर्मी हरुलाइ तालिम सहजीकरण गरेका थिए।

कार्यक्रममा  विभिन्न सूचकहरुमा उत्कृष्ट अंक ल्याएका ३ वटा सहकारी संस्थालाई पुरस्कृत समेत गरिएको थियो ।  पुरस्कृत हुनेमा बहुउद्देश्यीय सहकारी तर्फ लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्था थाहा १ ओखरबजार,बचत तथा ऋण तर्फ कुन्छाल बचत तथा ऋण सहकारी संस्था लि.थाहा १ कुन्छाल र कृषि सहकारी तर्फ साना किसान कृषि सहकारी थाहा ६ बज्रवाराही लाई २० हजार नगद प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ । 


world-link-1690434568.jpg
आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...