jkmv-1751210245.jpg
Wednesday, 09 Jul, 2025
chayerog-1733658794.png

थाहा नगर

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु

20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५ गतेदेखि प्रारम्भ भएको तालिम होटल सुनगाभामा सञ्चालन भइरहेको छ। तीन दिनसम्म चल्ने तालिममा ३५ जनाको सहभागीता रहेको पालुङ बहुउद्देश्यीय सहकारीका सह व्यवस्थापक राम प्रसाद ढकालले जानकारी दिए।

तालिम पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा र बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयको साझेदारीमा संचालन गरिएको हो।

तालिममा प्रशिक्षकको रूपमा हिमाल भुषाल, जो आलु बाली विकास केन्द्र, सिन्धुपाल्चोकमा कार्यरत छन्, उपस्थित छन्। उनले आलुबाट तयार गर्न सकिने विभिन्न परिकारहरूको तयारी विधिबारे सहभागीहरूलाई व्यावहारिक प्रशिक्षण दिइरहेका छन्।

कार्यक्रमको सुरुवाती सत्रमा सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट, लेखा समिति सदस्य रुपचन्द्र गोपालीराजकुमार कार्की, कार्यसमिति सदस्यहरू रिता कार्की, जानुका ढकाल, राजन ढकाल, व्यवस्थापक प्रकाश पौडेल र सह व्यवस्थापक राम प्रसाद ढकालको उपस्थिति रहेको थियो।

तालिमको उद्घाटन सत्रमा सहभागीहरूलाई स्वागत गर्दै आयोजकले यस्तो प्रकारका सीपमूलक तालिमहरू ग्रामीण क्षेत्रमा स्वरोजगारको राम्रो आधार बन्न सक्ने विश्वास व्यक्त गरेका थिए।

khanepani-bord-1751210588.jpg
514409843_162648092470807-1751608211.jpg

world-link-1690434568.jpg
चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो
FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक...

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी
FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ
FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको...

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर
DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल...

इन्द्रायणी माध्यमिक विद्यालय, मोरियामा कक्षा ११ मा भर्ना खुला
FB_IMG_1751732758749-1751732773.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिका–८, मोरियामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२/८३ देखि...

हेटौडामा टिभिएसको 'मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया'
FB_IMG_1751551177109-1751636175.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको मनसुन प्लान्टेसन...

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण
FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ...

हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै
FB_IMG_1751551177109-1751551439.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको बिशेष मनसुन...