Monday, 20 May, 2024
थाहा नगर

थाहा नगरप्रमुख समक्ष टिस्टुङ्गको सभ्यता र पहिचान जोगाउन आग्रह ।

IMG_20220604_173033_2-1654402702.jpg

टिस्टुङ्ग बज्रबाराही नेवा पुच: र हलि नेवा: गुठिको संयुक्त आयोजनामा तथा टिस्टुङ्ग रिसोर्टको प्रायोजनमा जेठ २२ मा भएको थाहा नगरका नवनिर्वाचित जनप्रतिनिधिहरु समक्ष टिस्टुङ्ग क्षेत्रको सास्कृतिक पहिचान,पुरातात्त्विक सम्पदा तथा कृषि जमिनलाइ संरक्षण गर्न आग्रह गरियको छ।
२२जेठमा टिस्टुङ्ग रिसोर्टमा आयोजित बधाइ,शुभकामना कार्यक्रममा टिस्टुङ्ग बज्रबाराही नेवा पुच: ले आफ्नो पहिचान जोगाइदिन आग्रह गरेको हो ।पुच: तथा गुठिको संयुक्त आयोजनामा भएको कार्यक्रममा टिस्टुङ्ग बज्रवाराही नेवा पुच:खासगरी टिस्टुङ्ग बज्रवाराही क्षेत्रको बिकास,मौलिकता संरक्षण र जनजिविकाको सहजीकरण गर्दै आइरहेको संस्था भएको स्मरण गर्दै ,संस्थाले एम्बुलेन्स संचालनदेखि सास्कृतिक सम्पदा गर्दै आइरहेको ले आगामी दिनमा पनि थाहा नगर सङ समन्वय गरेर अगाडि बढ्ने बताउदै केही कार्यक्रममा ध्यानाकर्षण गरायका छन।
ध्यानाकर्षणमा भनियको छ टिस्टुङ्ग नेपालको एतिहासिक र पुरातात्त्विकमहत्त्व को क्षेत्र हो।लिच्छवि राजा अंशुबर्माको शिलालेख यसै क्षेत्रमा रहनु,देशको राजधानी नजिकै रहेको यश क्षेत्रको आफ्नै बिशिस्ट मौलिकता र परम्परा छ।आफ्नै खाले रहनसहन ,जनजीवन र उत्पादन सम्बन्ध रहेको थाहा नगरको हाम्रो आफ्नै मौलिकतालाई संरक्षण गर्न सकियोभने हाम्रो पहिचान जोगाउनुको साथै पर्यटन लाई पनि आकर्षण गर्न सक्छौ ।तेसैलै टिस्टुङ्ग क्षेत्रलाई सम्पदा बस्तिको रुपमा बिकास गर्न यहाँ भएको मौलिक घरहरुको संरक्षण र निर्माण गर्न नगरपालिका बाट विशेष नीति बनाइ तेसकालागी अनुदान वा सहुलियत दिने ब्यबस्था गर्न माग गरेका छन साथै यश क्षेत्रको कृषि उपजभुमी अतिक्रमण मा पर्दै कृषि योग्य जमिनमा अव्यवस्थित बसोबास गर्ने क्रम बढेको हुदा घर बनाउन दिदा ध्यान जानुपर्ने बताउदै सार्वजनिक जग्गाहरु संरक्षणमा जोड दिन आग्रह गरियको छ ।टिस्टुङ्ग बज्रवाराही  नेवा: पुच: का अध्यक्ष हरिगोपाल श्रेष्ठको अध्यक्षता मा भएको कार्यक्रममा हलि गुठिका केन्द्रिय अध्यक्ष जुजुमान श्रेष्ठ ,बज्रवाराही बजार ब्यवस्थापन समितिका अध्यक्ष इन्द्र श्रेष्ठ ,हलि,नेवा:गुठिका केन्द्रिय उपाध्यक्ष बिनोद महर्जन,केन्द्रिय सदस्य भवानी प्रधान,ओखरबजार साखा अध्यक्ष बिजय मल्ल निवर्तमान प्रमुख,उपप्रमुख लगायत नवनिर्वाचित जनप्रतिनिधि तथा गूठी सदस्यहरूको उपस्थिती रहेको थियो।

(मागपत्र हेर्नुस तल)

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

CamScanner-06-04-2022-18.-1654402738.jpg
CamScanner-06-04-2022-18.-1654402739.jpg

world-link-1690434568.jpg
अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान
1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...