jkmv-1751210245.jpg
Wednesday, 09 Jul, 2025
chayerog-1733658794.png

थाहा नगर

थाहा नगरपालिका ‘पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका’ घोषणा

FB_IMG_1750151104310-1750151156.jpg

थाहा नगरपालिकालाई ‘पूर्ण खोप दिगोपना सुनिश्चितता वडा तथा पालिका’ घोषणा गरिएको छ। थाहा नगरपालिका खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख बिष्णु बिष्ट र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्ण मिजारले संयुक्त रूपमा मंगलबार यो घोषणा गरेका हुन्।

यो घोषणा ‘पूर्ण खोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागितामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गरिएको हो।

नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीका अनुसार, पहिलो चरणमा नगरका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेपछि, निर्धारित इन्डिकेटर र ‘पूर्ण खोप निर्देशिका २०७१’ को आधारमा यो वर्ष खोपको दिगोपना सुनिश्चित गरिएको हो।

गत आर्थिक वर्षमा ०–१५ महिनाका ६४१ जना र १६–२३ महिनाका ५४७ जना बालबालिकाले पूर्ण खोप लगाएका थिए। पछिल्लो सर्वेक्षणअनुसार, १६–२३ महिनाका ४३८ र ०–१५ महिनाका ४८८ जना बालबालिकाले पूर्ण रूपमा खोप लगाएको तथ्यांक रहेको जनाइएको छ।

खोप समन्वय समितिको सक्रियतामा हरेक वडामा घरभेट सर्वेक्षण, २९ वटा खोप केन्द्रबाट मासिक नियमित सेवा र छुटेकालाई खोप दिने कार्य भएको जनाइएको छ। यसै आधारमा करिब ९५ प्रतिशत खोप पहुँच दर पुगेपछि, पालिकालाई जिल्ला समन्वय समितिमा प्रस्ताव पेश गरिएको र स्वीकृत भई घोषणा गरिएको हो।

घोषणा कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख भरत गोपाली, विशिष्ट अतिथि जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण मिजार, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, १२ वटै वडाका अध्यक्षहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागिहरुले खोप सुनिश्चितता पालिका बनाउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।

थाहा नगरपालिका १२ वडायुक्त पालिका हो, जसमा साबिकका दामन, पालुङ, बज्रवाराही, चिलाङ, टिस्टुङ र आग्रासहित छ वटा गाविस समेटिएका छन्। पालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्र, तीन आधारभूत स्वास्थ्य केन्द्र र तीन सहरी स्वास्थ्य केन्द्रसहित पाँचवटा स्वास्थ्य संस्था रहेका छन्।

नगर प्रमुख बिष्णु बिष्टले घोषणा कार्यक्रममा बोल्दै खोपले बालबालिकालाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने भएकाले कसैलाई पनि खोपबाट वञ्चित गर्न नहुने स्पष्ट पारे। साथै, खोप सुनिश्चितता अभियानमा योगदान गर्ने सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई धन्यवाद दिएका थिए।

FB_IMG_1750151112475-1750151157.jpg
FB_IMG_1750151122209-1750151194.jpg
FB_IMG_1750151128637-1750151194.jpg
khanepani-bord-1751210588.jpg
514409843_162648092470807-1751608211.jpg

world-link-1690434568.jpg
चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो
FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक...

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी
FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ
FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको...

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर
DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल...

इन्द्रायणी माध्यमिक विद्यालय, मोरियामा कक्षा ११ मा भर्ना खुला
FB_IMG_1751732758749-1751732773.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिका–८, मोरियामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२/८३ देखि...

हेटौडामा टिभिएसको 'मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया'
FB_IMG_1751551177109-1751636175.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको मनसुन प्लान्टेसन...

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण
FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ...

हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै
FB_IMG_1751551177109-1751551439.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको बिशेष मनसुन...