Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

थाहा नगर

थाहा नगरपालिका पुर्णखोप पालिका सुनिश्चितता घोषित

451439418_139580019777615-1721039775.jpg

मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र  जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरका जन स्वास्थ्य प्रशासक  कृष्ण मिजार ले सोमबार नगरपालिकालाई निश्चित इन्डिकेटर र पुर्ण खोप निर्देशिका २०७१को आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेका हुन्।  
पुर्णखोप सुरक्षित भविष्य,स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो । 

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए।  
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो । 

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक महिना थाहाको २९ वटा खोप केन्द्र बाट  नियमित खोपको सेसन चल्ने गरेको तथा  घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ। सबै सर्तहरू पूरा गरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो। नगरपालिकामा १६ महिना देखि २३ महिना सम्म उमेरका ५५० जनाले पूर्ण मात्रामा लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्याङ्क रहेको छ भने ० देखि १५ महिना सम्मका ६४१ जनाले खोप लगाएको तथ्यांक छ।

सोही तथ्याङ्कका आधारमा पालिकाका करिब ९५  प्रतिशतले  खोप लगाएको पाइएपछि पालिका घोषणाका लागि जिल्ला समन्वय समितिसमक्ष पेस गरिएको र स्वीकृत भई घोषणा गरिएको हो।  

जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताए।  
उनले अब जिल्लाको चार वटा पालिका पुर्ण खोप सुनिश्चितता हुन बाकी रहेको भन्दै छिटो घोषणा गरि जिल्ला लाई नै घोषणा गर्नुपर्ने बताए प्रमुख घलानले अन्तर्राष्ट्रिय मन्चमा गरेको प्रतिबद्धता स्वरुप आफ्नो जनताको स्वास्थ्य लागि भुमिका खेलिरहेको बताउदै पुर्ण खोप सुनिश्चितताको लागि खटिने सम्पुर्ण स्वास्थ्यकर्मी र स्वयंसेवीका हरु धन्यवादका पात्र रहेको बताए।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजारलेले बताउनुभयोभयो । 

कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख घलानले थाहा नगरपालिका प्रमुख बिष्णु बिष्टलाई हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा नगर प्रमुख बिष्टले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने स्वास्थ्यकर्मी र कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।

पालिकाभित्र ५ वटा स्वास्थ्य संस्था,प्राथमिक स्वास्थ्य केन्द्र १ वटा,३ वटा आधारभूत स्वास्थ्य केन्द्र र ३ वटा सहरी स्वास्थ्य केन्द्र रहेका छन्।
 साबिकका दामन,पालुङ,बज्रवाराही,चिलाङ,टिस्टुङ, र आग्रा गरी छवटा गाविसहरू समेटेर थाहा नगरपालिका बनेको हो। यस पालिकाभित्र हाल १२ वटा वडा छन्।
थाहाको वडा न ५ लाई संस्थागत सुत्केरी वडा समेत घोषणा गरि प्रमाणपत्र प्रदान गरिएको थियो।
थाहा नगरपालिकाका प्रमुख तथा नगर खोप समन्वय समितिका अध्यक्ष बिष्णु बिष्टको अध्यक्षता तथा जिल्ला समन्वय समिती प्रमुख ललित घलानको प्रमुख आतिथ्यता र जिल्ला जन स्वास्थ्य प्रमुख कृष्ण मिजारको विशिष्ट आतिथ्यतामा सम्पन्न घोषणा समारोहमा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले शुभकामना दिएका थिए।
कार्यक्रममा सहभागीहरुले  थाहा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।


world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...