Friday, 03 May, 2024
थाहा नगर

थाहा नगरपालिका द्वारा नीति तथा कार्यक्रमको लागि सुझाव संकलन।

FB_IMG_1687102332247-1687102377.jpg

आगामी आर्थिक वर्षका लागि निर्माण गरिने नीति तथा कार्यक्रमका लागि मकवानपुरको थाहा नगरपालिकाले सुझाव संकलन गरेको छ । नगरको विकासका लागि सरोकारवालासँग नगरले २ असारमा कार्यक्रमको आयोजना गरी सुझाव लिएको हो ।
कार्यक्रममा सिटिइभिटिका पूर्व सदस्यसचिव डाक्टर रामहरी लामिछानेले शैक्षिक नक्शांकन आवश्यक रहेको बताए । आधारभूत शिक्षा व्यवस्थापन, नियमनको अधिकार पालिकालाई भएकोले यसतर्फ ध्यान दिन नगर नेतृत्वको ध्यानाकर्षण गराए । उनले विद्यालयमा रैथाने परिकार बनाई पौष्टिकता र प्रवद्र्धन दुवै संगसंथगै गर्न आग्रह गरे ।उनले शिक्षक केन्द्रित नभई विद्यार्थी केन्द्रित शिक्षा नीति आवको आवश्यकता भएको बताउ । एक स्कूल, २ खोलकुद अवधारणा ल्याए विद्यालयतहबाटै खेलाडी उत्पादन शुरु हुने सुझाव दिए । डाक्टर लामिछानेले पर्यटकलाई रैथाने उत्पादनसंग जोड्न आग्रह गरे । उनले भने–‘पाउरोटी र चाउचाउ खान किन आउने पर्यटक ?’  एक वडा एक पार्क, एक वडा एक उत्पादन, जस्ता कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्न सुझाव दिए । पर्यटकीय प्याकेज नै नभएकाले पर्यटकीय आकर्षण थप बढड्न नसकेको बताउँदै मौलिक पूर्वाधार निर्माणमा समेत ध्यान दिन नगरपालिकालाई उनले सुझाव दिएका छन् । 
निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछानेले आधारभूत पूर्वाधार विकासमा स्थानीय सरकारको सँधै प्राथमिकताको विषय हुनुपर्ने बताए । मौलिकता र प्रकृति संरक्षण अहिलेको चुनौति हुँदै गएको स्मरण गराउँदै यसको संरक्षण स्थानीय सरकारको दायित्व भएको धारणा राखे । लगानीमैत्री वातावरण बनाउनका लागि पनि स्थानीय तहले ध्यान दिनू आवश्यक रहेको बताउँदे यस क्षेत्रको विकासको ढोका चित्लाङ–थानकोट सडक नै भएकोले यसको निर्माणमा संघ प्रदेश सरकारलाई दबाब आवश्यक भएको बताए । स्थानीय शासन विज्ञ तथा पूर्व स्थानीय विकास अधिकारी भुवन प्रकाश विष्टले योजना निर्माण गर्दा आवधिक योजना, गुरुयोजनाहरु अध्ययन गरेर अघि बढ्नुपर्ने बताए । उनले योजना दराजमा थन्क्याएर सुझाव खोज्नू उपयुक्त नहुने धारणा राखे । वार्षिक होस् या दीर्घकालिन योजनाका सवालमा विना योजना र लक्ष्य नभई अघि नबढ्न सुझाव दिए । समपुरक कोषको व्यवस्था गरी साँझेदारीका योजनाहरुलाई आकर्षित गर्न सकिने विष्टको भनाइ थियो । उनले समग्र थाहानगरको विकासका लागि शुभचिन्तकहरुबीचको एउटा लुज नेटवर्क बनाएर अघि बढ्न नगरलाई प्रस्ताव गरे । 
थाहा नगरपालिकाका प्रथम नगर प्रमुख लवशेर विष्टले नीति आम नागरिकलाई देखाउने कुरा भएको बताउँदै जनप्रतिनीधि र कर्मचारीले नियत सफा राखेर काम गर्न सुझाव दिए । जनप्रतिनीधिले आफ्नो सेवा भोटसंग साट्ने प्रयास गरे त्यो नागरिकका  लागि अन्याय हुने विष्टको भनाइ थियो । रैथाने सीपलाई आयआर्जनसंग जोड्ने कार्यक्रमहरुलाई कार्यान्वयनमा ल्याउन उनले जोड दिए । नीति जे राखे नि नागरिकको कमजोर आर्थिक स्रोतका कारण नागरिकको आवश्यकतामा काम गर्नुपर्ने भएकोले ठूला योजनाहरु संघ र प्रदेशसंगको सहकार्यमा गर्ने गरी योजना बनाउन उनले सुझाव दिए । विपद, सिंचाइ र पानीको स्रोत संरक्षणलाई समेत ध्यानमा राखी एक वडा एक पोखरी कार्यक्रम अघि सार्न उनको सुझाव थियो । विष्टले नागरिकलाई पानी खान पाइन भन्ने नबनाउन आग्रह गर्दै मर्मत संभारकोषको समेत व्यवस्था गर्न आग्रह गरे । जनताको मागको आधारमा विस्तारित सडकको लगत कट्टा आफ्नो पालामा केही शुरुवात गरेपनि अधिकांश बाँकी रहेकोले यसको निरन्तरता दिन आग्रह गरेका छन् । शहरी संरचना व्यवस्थि तगर्न नक्सापास र अभिलेखीकरणलाई निरन्तरता दिन उनको सुझाव रहेको थियो । 
सूचना तथा सञ्चार सहकारी संघका पूर्व केन्द्रिय अध्यक्ष विष्णुहरि ढकाल ‘जंगली’ले पहिले नै सोचेर विकास आरम्भ गरे पछि ध्वंस गर्न नपर्ने सुझाउँदै दीर्घकालिन सोच राखेर विकासका काम अघि बढाउनुपर्ने बताए । थाहा अर्थात रुपचन्द्र विष्टको दर्शनलाई फैलाउन र यसको ब्राण्डिङ गर्न नगरपालिकालाई सुझाव दिएका थिए । ढकालले सरकारको स्वास्थ्य, बाली लगायतको बीमाको कार्यक्रममा अनिवार्य नागरिकलाई आवद्धता गराउँदा फाइदा हुने बताए । खाद्य सम्प्रभुताको एजेण्डा पनि नगरको प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ थियो । 
गत स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट थाहानगर प्रमुखमा प्रतिस्पर्धा गरेका एमाले नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकालले नगरलाई व्यक्तिले तिर्ने दर भन्दा करको दायरा बढाउन सुझाब दिएका छन् ।  थाहा नगरपालिकाद्वारा आयोजित नगरको आगामी वर्षको नीति तथा कार्यक्रमको लागि राय सुझाव संकलन कार्यक्रममा आफ्नो धारणा राख्दै ढकालले  व्यक्तिले तिर्ने करलाई सामान्यीकरण गरि दायरा बढाउँदा राजश्व बढेर विकास निर्माणमा सहज हुने बताएका हुन् । उनले नगर भित्रका सार्वजनिक जग्गा भाडामा दिएर नगरको आन्तरिक स्रोत बढाउन सुझाव दिए । उनले आन्तरिक आयमा विशेष ध्यान दिन आग्रह गर्दै कृषि, पर्यटन, लघु उद्यमको माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धि गर्ने, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने खालका विषय प्राथमिकतामा राख्न आग्रह गरे ।
नगरले आयोजना गरेको निर्वाचनका प्रतिस्पर्धी र राजनीतिक दलका प्रतिनिधि र सरोकारवालासँग बजेट र नीति तथा कार्यक्रममा सुझाव लिन आयोजित कार्यक्रममा नेपाली काग्रे्रेसका नगर सभापति प्रमोदकृष्ण जोशीले अर्थविदहरु ल्यायर हाम्रा नगरभित्र भएका श्रोतलाई कसरी परिचालित गर्न सकिन्छ भनेर गुरु योजना बनाइ नगरबासीलाई आर्थिक रुपमा सक्षम बनाउन सके अरु विकास स्वत हुने बताउदै त्यसलाई नै प्राथमिकतामा राख्न आग्रह गरे । कार्यक्रममा राप्रपा नेपालका नगर उपाध्यक्ष राधेश्याम रायमाझीले कृषिलाई व्यवसायिकीकरण र रैथाने बालिको संरक्षणमा जोड दिदै धार्मिक पर्यटनको प्रवद्र्धन अहिलेको आवश्यकता रहेको औल्याए ।  
निवर्तमान नगर उपप्रमुख खड्गबहादुर गोपालीले बस्तीस्तरबाटै योजना तर्जूमाको सुरुवात गर्न सुझाव दिए । उनले सार्वजनिक जग्गाको संरक्षणमा ध्यान नपुगेको गुनासो गरे । उनले भूमि बैंकको व्यवस्था गरि बाँझो जग्गा व्यवस्थापनको नीति लिनुपर्ने सुझाए । सहकारीको तर्फबाट बोल्दै सहकारी संजालका अध्यक्ष महेश्वर सुवेदीले कृषिमा किसान, नगरपालिका र सहकारी साझेदारी अनुदानको मोडल अपनाएर व्यवसायिक बनाउने बजेट व्यवस्थापन गर्नुपर्ने बताए । थाहानगर शिक्षक महासंघका अध्यक्ष राजाराम कार्कीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न प्रतिस्पर्धाको माध्यमबाट प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने धारणा राखे ।
नेकपा माओवादीका नगर उपाध्यक्ष प्रमोद गोपालीले विकासलाई उत्पादनसँग जोड्नु पर्नेमा जोड दिए । गोपालीले कृषि र पर्यटनको क्षेत्रमा लगानी बढाएर नागरिकको आम्दानी बढाउने नीति अवलम्बन गर्नुपर्ने बताए । थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले कृषि उत्पादनलाई सहज रुपमा बजार पु¥याउन र लघु उद्यमीलाई प्रोत्साहन गर्न  बजेटको व्यवस्था गर्न नगरलाई आग्रह गरे । कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिंदै नगरप्रमुख बिष्णु बिष्टले आएका सुझाबलाई प्राथमिकताका आधारमा क्रमशः समावेश गरिंदै जाने प्रतिवद्धता जनाए । उनले प्रयाप्त स्रोतको अभावमा सोच अनुसारको काम गर्न समस्या देखिएको बताए । नगर प्रमुख बिष्टले दिर्घकालीन योजना बनाएर समृद्ध थाहा नगरको निर्माणको दिशामा अघि बढ्ने जानकारी दिए । उनले संघीय र प्रदेश सरकारसँगको समन्वयमा योजना तर्जूमा गरि आम नागरिकको भावनालाई समेटेर नीति तथा कार्यक्रम बनाउने बताए ।  कार्यक्रममा  नगर उपप्रमुख भरत गोपालीले आगामी वर्षको योजना तर्जुमाको चरणमा रहेकाले सरोकारवालाहरुले दिएको सुझावलाई समेत आधार मानेर नीति तथा कार्यक्रम बनाउने बताए।
वक्ताहरूले अहिलेको बजेटले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले कार्यक्रमले समुदायको अपेक्षा अनुरुप नीति र बजेट बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले बजेटको प्रभावकारी कार्यान्वयन कसरी गर्ने र नगरपालिकाको विकास समृद्धिमा नगरपालिकावासीहरूको भूमिकालाई कसरी समेट्ने भन्नेबारे अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ११ का पूर्व अध्यक्ष किरणमान बल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका निवर्तमान अध्यक्ष पुरुषोत्तम कार्की, शिक्षक हरिकृष्ण कार्कीलगायतका व्यक्तिहरुले नगरपालिकाको नीति तथा कार्यक्रममा आधारित भई सुझाव दिएका थिए ।

FB_IMG_1687102337706-1687102378.jpg

world-link-1690434568.jpg
गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...