pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरपालिकामा सामुदायिक वनका समस्या र समाधानबारे वृहद् छलफल, सरोकारवालाको सक्रिय सहभागिता

FB_IMG_1749544780866-1749544853.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिकामा रहेका सामुदायिक वनमा देखिएका समस्या र तिनको समाधानका उपायहरूबारे वृहद् छलफल भएको छ। थाहा नगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ थाहाको आयोजनामा ‘सामुदायिक वन सम्बन्धी अभिमुखिकरण कार्यक्रम’ सम्पन्न भएको हो।

थाना बजारस्थित गंगा होटलको सभाहलमा आयोजित कार्यक्रममा थाहा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समितिबाट करिब ९० जना प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमको अध्यक्षता सामुदायिक वन उपभोक्ता महासंघ थाहाका अध्यक्ष गणेशमान श्रेष्ठले गर्नुभयो भने प्रमुख आतिथ्यता थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको रहेको थियो।

कार्यक्रममा बोल्दै थाहा नगरपालिका बन तथा वातावरण समितिका संयोजक हिरेन्द्र कुमार रायमाझीले सामुदायिक वन संरक्षण र पानीका मुहान संरक्षणमा नगरपालिकाले गर्दै आएको प्रयासबारे जानकारी दिनुभयो। उहाँले संघीय र प्रदेश सरकारका वन सम्बन्धी ऐनहरूमा एकरूपता नहुनुका कारण स्थानीय तहलाई नीति कार्यान्वयनमा समस्या भइरहेको स्पष्ट पार्नुभयो।

डिभिजन बन कार्यालय राप्तीका प्रमुख हेम बहादुर थापाले सामुदायिक वन संरक्षण सबैको साझा दायित्व भएको भन्दै, जनप्रतिनिधि, उपभोक्ता समिति, र सरकारी निकायबीच सहकार्यको खाँचो औंल्याउनुभयो। उहाँले सहभागीहरूको जिज्ञासाहरूको जवाफसमेत दिनुभएको थियो।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका जिल्ला अध्यक्ष सादुराम चौलागाईं, जिल्ला कोषाध्यक्ष बलराम अधिकारी, सब डिभिजन बन कार्यालय पालुङका बन अधिकृत सागर प्रसाद जैसी, डिभिजन बन कार्यालय राप्तीका बन अधिकृत कमल कान्त खरेल, बन अधिकृत दामोदर पाण्डे, जिल्ला बन महासंघका सदस्य शम्भु प्रसाद न्यौपाने, शिवराम थापा, लगायत सामुदायिक वनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वन व्यवस्थापन, सामुदायिक वनमा देखापरेका समस्या, पर्यटन प्रवर्द्धनका सम्भावना, तथा वनसम्बन्धी नीति र कानुनी विषयमा विस्तृत छलफल गरिएको थियो।

सामुदायिक वन उपभोक्ताहरूको सक्रिय सहभागिता र सरोकारवाला निकायहरूको उपस्थितिले कार्यक्रमलाई फलदायी बनाएको भन्दै आयोजक महासंघका सचिव भवानी प्रधानले अभिमुखिकरण कार्यक्रमले सामुदायिक वनको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

FB_IMG_1749544780866-1749544855.jpg
FB_IMG_1749544814903-1749544854.jpg
FB_IMG_1749544814903-1749544855.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...