Social-Media-Main-Post1-1759035170.jpg
Sunday, 09 Nov, 2025
nagar-shubha-1759206951.jpg

थाहा नगर

थाहा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलको स्वागत, सुरेन्द्र प्रधानको विदाइ

20250926_130157-1758906136.jpg

मकवानपुर । थाहा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत (प्र.प्र.अ.) निरज पौडेल को आगमनसँगै पूर्व प्र.प्र.अ. सुरेन्द्र प्रधान लाई विदाइ गरिएको छ। १० असोजमा आयोजित कार्यक्रममा नगर प्रमुख विष्णु बहादुर विष्ट र उपप्रमुख भरत गोपाली सहित वडाध्यक्ष, शाखा प्रमुख तथा कर्मचारीहरू उपस्थित थिए।

स्वागतपछि सम्बोधन गर्दै नवागन्तुक प्र.प्र.अ. पौडेलले विभिन्न स्थानीय तहमा प्राप्त अनुभवलाई थाहा नगरपालिकामा सेवा प्रवाह र सुशासनमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनप्रतिनिधि तथा कर्मचारीहरूको सहकार्यका माध्यमबाट नगरवासीलाई अझ प्रभावकारी सेवा दिने आश्वासन दिए।

कार्यक्रममा नगर प्रमुख विष्टले प्र.प्र.अ.हरूको बारम्बार हुने सरुवाले कामको निरन्तरतामा असर गर्ने गरेको बताउँदै, पदमा रहँदा थाहा नगरपालिकाका लागि उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सुरेन्द्र प्रधानलाई धन्यवाद ज्ञापन गरे। साथै, नयाँ अधिकृत पौडेलसँग पनि समन्वय र सहकार्य गर्दै नगरको विकासमा अग्रसर हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा सुरेन्द्र प्रधानले आफ्नो कार्यकालमा नगरवासी र जनप्रतिनिधिबाट पाएको साथ–सहयोगप्रति आभार प्रकट गर्दै थाहा नगरपालिकासँग आत्मीय सम्बन्ध रहिरहने बताए।

नयाँ नेतृत्वको आगमनसँगै थाहा नगरपालिकामा प्रशासनिक कार्यसम्पादन र सेवा प्रवाहमा थप गति आउने अपेक्षा गरिएको छ।


world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
नेशनल प्याब्सनको दोस्रो पूर्ण बैठक नगरकाेटमा जारी
1762531818575-1762531833.jpg

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(नेशनल प्याब्सन) को दोस्रो पूर्ण बैठक शुक्रबारदेखि सुरु भएको छ...

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1762520262998-1762520380.jpg

पालुङ, मकवानपुर । पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा शुक्रबार पालुङ जेसीजको सभाहलमा...

थाहामा निःशुल्क मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न हुँदै
FB_IMG_1762514432258-1762514448.jpg

थाहा नगरपालिका, मकवानपुर — “Use Heart For Every Heart : मन लगाऔं सबैको मुटु बचाऔं” नारासहित थाहा नगरपालिका–४ मा निःशुल्क...

जनकल्याणमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
FB_IMG_1762411834964-1762414066.jpg

मकवानपुर  कार्तिक २० गते थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना...

थाहा बसपार्क सञ्चालनमा — नगर प्रमुख विष्णु बिष्टबाट सेवाको औपचारिक शुभारम्भ
FB_IMG_1762326836879-1762326868.jpg

थाहा नगरपालिका–४ नार्खुढाँडस्थित थाहा बसपार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि स्थायी...

पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज,छमछमी नाचे नीर शाह र गौरी मल्ल
FB_IMG_1762081869956-1762082058.jpg

आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ।...

'थानकोट प्रहरी भवन तोडफोड आरोपमा चित्लाङका एक युवक पक्राउ'
FB_IMG_1761979101971-1761979213.jpg

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति मकवानपुर थाहा नगरपालिका वडा नं ९ चित्लाङका ४४ वर्षीय किरण लामा रहेको...

थाहा नगरपालिका बाट पालुङ प्रहरी प्रमुख बज्राचार्यको स्वागत
InShot_20251031_190725391-1761916967.jpg

इलाका प्रहरी कार्यालय पालुङमा सरुवा भई आएकी प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्यलाई थाहा नगरपालिकामा...

पालुङ प्रहरी प्रमुखमा रुक्सा बज्राचार्यको स्वागत, इन्सपेक्टर अर्यालको बिदाई
FB_IMG_1761829373795-1761830968.jpg

इलाका प्रहरी कार्यालय पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई प्रहरी निरीक्षक...