pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा ठप्प

1696843602910-1696843725.jpg

संघीय निजामती विधेयकको विरोधमा मकवानपुरको थाहा नगरपालिकामा पनि सरकार विरुद्ध विरोध प्रदर्शन भएको छ । १८ असोजबाट आन्दोलनमा रहेका देशभरका स्थानीय तहका कर्मचारीहरुले पेनडाउन सहित विरोधमा उत्रिएका हुन् । १९ असोजबाट स्थानीय तहहरुमा अत्यावश्यक बाहेकको कामकाज बन्द गरी आन्दोलनमा रहेका छन् । 
थाहा नगरपालिकामा कार्यरत कर्मचारीहरुले २२ असोज विहान नगर प्रमुख विष्णु बहादुर विष्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि बन्द गरेका छन् । स्थानीय तह संघर्ष समिति थाहानगरका संयोजक अनिल लामिछानेको नेतृत्वको कर्मचारीहरुको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख विष्टले कर्मचारीलाई आन्दोलन गर्न बाध्य नबनाई जायज माग पूरा गर्न संघीय सरकारले अनुरोध गरे । ‘म आफै नगरपालिका संघको सदस्य हुँ, संघले कर्मचारीको आन्दोलनमा ऐकेवद्धता जनाइ सकेको छ’– प्रमुख विष्टले भने । 
‘थाहानगरका अधिकांश कर्मचारी आन्दोलनमा सहभागी हुन काठमाण्डौ गएका छन् । पालिकाको अत्यावश्यक सेवा प्रवाहका लागि कार्यालयमा बसेका केही कर्मचारीहरु पनि हातमा कालो पट्टी बाँधेर सेवा दिइरहेका छन्,’ संघर्ष समिति संयोजक लामिछानेले भने । 
कर्मचारीहरुले नगरपालिका अगाडि कालो व्यानरमा आफ्नो मागहरु राखेर केहिबेर शान्तीपुर्ण प्रदर्शन गरेका थिए । स्थानीय तहमा कार्यरत कर्मचारीहरुकोे विषयलाई मन्त्रीपरिषदबाट पारित निजामती विधेकमा नसकेटिएको बताउँदै कर्मचारीहरु सिहदरवार केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरु ८ दिनदेखि काठमाण्डौको माइतीघर मण्डलामा सडक आन्दोलन गर्दै आएका छन् ।

1696843639246-1696843728.jpg
1696843634237-1696843743.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...