Sunday, 10 May, 2026
IMG-20260413-WA0014-1776144825.jpg

थाहा नगर

थाहा नगरपालिकाको वडा न १ र ३ बालमैत्री वडा घोषणा

FB_IMG_1756482082815-1756482110.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १ र ३ लाई बालमैत्री वडा घोषणा गरिएको छ । १३ भाद्रमा ति दुई वडालाई थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका हुन् । स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको हो ।
‎सरकारले कार्यान्वयनमा ल्याएको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७९ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश र थप दुई वटा सूचक पूरा गरेसँगै वडालाई २९ असारमा जिल्ला समन्वय समितिले बालमैत्री वडा प्रमाणिकरण गरेकोमा ३२ असारमा नगर कार्यपालिकाले बालमैत्री वडा घोषणा गर्ने निर्णय गरेको थियो । तोकिएको सूचकमध्ये ८० प्रतिशत बढी अंक हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ ।
‎बालमैत्री घोषणा गर्दै सभाका प्रमुख अतिथी तथा नगरपालिकाका प्रमुख विष्टले नेपालले अन्तराष्ट्रिय सन्धी महासन्धीमा उल्लेख भएका र नेपालको प्रचलित कानून बमोजिम बालबालिकाको क्षेत्रमा काम गर्ने धारणा व्यक्त गरे । विष्टले नेपालले राखेको दिगो विकासका लक्ष हासिलका लागि तोकिएको अवधि सन् २०३० सम्म पालिकालाई नै बालमैत्री घोषणा गरी यसको निरन्तरताको कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रमुख विष्टले नगरको अरु १० वटा वडाहरुलाई पनि क्रमशः तोकिएको सूचकहरु पूरा गरी घोषणाको प्रक्रियामा जाने प्रतिवद्धता जनाए । विष्टले भने–‘ घोषणासँगै कार्यान्वयनको चरणलाई प्राथकिमतामा राखिनेछ ।’
‎थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले नेपाल सरकारले जारी गरेको निर्देशिका बमोजिम ८० प्रतिशत बढि सूचकमा सफलता पाएपछि घोषणा संभव भएको बताए । उनले बाँकी वडाहरु घोषणाका लागि सबैको सर्वपक्षिय सहयोग भए मद्दत पुग्ने धारणा राखे । कार्यक्रममा नेपाली काँग्रेसका थाहानगर सभापति प्रमोदकृष्ण जोशीले नगरपालिकाको दुई वटा वडा बालमैत्री हुनु बालबालिकाको क्षेत्रका लागि महत्वपूर्ण भएको उल्लेख गरे । नेकपा एमालेका थाहानगर अध्यक्ष सुरेन्द्मान प्रधानले दिगो विकासलाई सकारात्मक प्रभाव पार्ने गरी गरिएको बालमैत्री घोषणाको कामप्रति खुशी व्यक्त गरे । निजी तथा आसिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) थाहा नगरपालिकाका अध्यक्ष समेत रहेका प्रधानले अरु १० वटा वडालाई बालमैत्री घोषणाका लागि आफ्नो क्षेत्रबाट हुने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
‎थाहा नगरस्तरीय बालक्लब सञ्जालकी सदस्य अनुष्का तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीले वडाको मात्र नभई वडामा रहेका बालक्लबदेखि विभिन्न संघसंस्थाहरु र सरोकारवलाहरुको सहयोगकै कारण आज बालमैत्री वडा घोषणा गर्न सकिएको बताए । अध्यक्ष रायमाझीले निर्देशिकाले तोकिएको सूचकहरु पूरा गर्ने क्रममा केही जटिलता आएपनि पूरा गर्नका लागि सबैको सहयोग मिलेकोमा खुशी व्यक्त गरे । उनले बालबालिकाको क्षेत्रमा गरिएको खर्च नभइ लगानी भएको सुनाए । कार्यक्रममा वडा नम्बर १ का कार्यबहाक वडाध्यक्ष सरोज प्रधानले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेका सूचकमध्ये अधिकांश सूचक पूरा गरेर बालमैत्री वडा घोषणा गरिएको बताए । उनले बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको प्रधानले बताए । सो अवसरमा झम्केश्वरी माविका प्रधानाध्यापक गणेशमान श्रेष्ठले बालमैत्री घोषणालाई कार्यान्वयनमा ल्याउन सुझाव दिदै खुशी व्यक्त गरे ।
‎कार्यक्रमका अतिथी तथा सहभागीहरुलाई थाहा नगरस्तरी बालक्लब सञ्जालकी सदस्य तथा भ्याली हार्ट बालक्लबकी अध्यक्ष इभा केसीले स्वागत गरेकी थिइन् । सो अवसरमा इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबु अर्याल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर जोनसन विश्वकर्मा, कुन्छाल फाँट टोल विकास समितिका अध्यक्ष निराजन गोपाली, सशस्त्र प्रहरी बल नेपाल अस्थाई मनसुन प्रतिकार्य बेश कुन्छालका प्रमुख कृष्ण नन्दन यादव, शिखर बचत तथा ऋण सहकारी संस्था शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझी, नयाँ बस्ती आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख सिसम विडारी, कुन्छाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सुविन्द्र गोपाली, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा जनप्रतिनीधिहरुलगायतकाको आतिथ्यता रहेको थियो ।
‎घोषणा सभाको औपचारिक कार्यक्रम बालबालिकाहरुबाटै सञ्चालन भएको थियो भने समुदाय तथा विद्यालयमा आधारित बालक्लबका सदस्यहरुले गित, नृत्य, कविता, नाटक लगायतका बाल प्रतिभाहरु प्रस्तुत गरेका थिए । सो कार्यक्रममा थाहा खैजडी भजन समूह किटेनीका महिलाहरुले बाल अधिकारमा आधारित भजन समेत गाएका थिए । घोषणा सभा अघि वडा नम्बर १ को सुनौला माविदेखि नै ¥याली गरेका थिए । बालबालिकाहरुको ¥याली शिखरकोट हुँदै गोपाली गाउँबाट पालुङ जेसिज सभाहलमा घोषणा सभामा परिणत भएको थियो ।
‎बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७९ ले तय गरेको ५१ वटा सूचकमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टीटीविरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनुपर्ने व्यवस्था छ । त्यसैगरी एक वर्षभित्रका बालबालिकालाई पूर्णखोप, सबै घरपरिवारमा आयोडिनयुक्त नुन, कमतौल, पुड्को र ख्याउटेपन हुने बालबालिकाको सङ्ख्यामा कमी हुनुपर्ने, सबै घरधुरीमा खानेपानी, शौचालय, अनिवार्य जन्मदर्ता, बालविवाह मुक्त क्षेत्र भएको हुनुपर्ने व्यवस्था छ । बालबालिकाविरुद्ध हुने हिंसा, बेचबिखन, शोषण, दुव्र्यवहारमा कमी आएको हुनुपर्ने निर्देशिकामा व्यवस्था छ ।
‎त्यस्तै, छाउपडी, कमलरीजस्ता सामाजिक कुप्रथाको अन्त्य, सबै बालबालिका विद्यालय गएको हुनुपर्ने, सडक बालबालिका शून्य, बालसञ्जाल गठन, प्रत्येक विद्यालयमा खानेपानीको सुविधासहित छात्रछात्राका लागि अलग–अलग शौचालयको व्यवस्था भएको हुनुपर्ने, विद्यालय व्यवस्थापन र स्वास्थ्य व्यवस्थापन समितिमा बाल क्लब सञ्जालको प्रतिनिधित्व भएको हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

FB_IMG_1756482036767-1756482111.jpg
FB_IMG_1756482068514-1756482147.jpg
FB_IMG_1756482068514-1756482164.jpg
FB_IMG_1756482042901-1756482148.jpg
FB_IMG_1756482042901-1756482165.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
महिला प्रधानाध्यापकले बदल्दै थाहाको शिक्षा!
file_0000000021807208aa91-1778422011.png

मकवानपुरको थाहा नगरपालिकाका ६४ मध्ये १९ अर्थात २९.६८ प्रतिशत विद्यालयमा महिला प्रधानाध्यापक छन् । यो...

रास्वपा थाहा–२ को प्रथम वडा अधिवेशन सम्पन्न, दिपेन्द्र घिमिरे सभापतिमा चयन
FB_IMG_1778330052474-1778330178.jpg

मकवानपुर, थाहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगरपालिका वडा नं. २ को प्रथम वडा अधिवेशन भव्य रूपमा...

थाहा नगरको बज्रबाराही माविमा प्रधानाध्यापक विवाद अदालतसम्म पुग्यो
file_000000002a4472088d56-1778253055.png

मकवानपुरको थाहा नगरपालिका–६ स्थित बज्रबाराही माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ति विवादित बनेको छ ।...

शिशु पोषण सुरक्षाका लागि स्तनपान प्रवर्द्धनमा जोड, BMS ऐनबारे सरोकारवालालाई अभिमुखीकरण
FB_IMG_1778240807546-1778240925.jpg

थाहा नगरपालिका क्षेत्रमा शिशुको स्वास्थ्य र पोषण सुरक्षालाई केन्द्रमा राख्दै पोषण कार्यक्रम अन्तर्गत स्तनपान...

७ वर्षपछि सलिनमानको दमदार कमब्याक: ‘युनिभर्सिटी अफ गुण्डाज्’को स्टाइलिस टिजर सार्वजनिक
InShot_20260506_175207967-1778069253.jpg

२०८० सालको माघमा घोषणा गरिएको फिल्म युनिभर्सिटी अफ गुण्डाज् अन्ततः निर्माणमा जाने पक्का भएको छ। मंगलबार...

ऐतिहासिक टिष्टुङमा बज्रबाराही जात्रा आजदेखि
FB_IMG_1777283149750-1777682880.jpg

प्राचिन टिष्टुङमा बज्रबाराहीको जात्रा प्रत्येक तीन वर्षमा एक चोटी लाग्दछ । चण्डीपुर्णिमा अर्थात बैशाख...

राष्ट्रिय स्वतन्त्र पार्टी थाहा–८ मा वडा कमिटी गठन
InShot_20260428_095133153-1777349315.jpg

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगर कमिटीले वडा नं. ८ मा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ।...

तस्बिरले बोल्ने इतिहास-दावा सेर्पा
da2-1777343311.jpg

दामन, मकवानपुर सन् १९६७ जनवरी (वि.सं. २०२३ माघ) मा अमेरिकी Peace Corps का स्वयंसेवक डग र न्यान्सी ह्याचर नेपाल आइपुगे।...

थाहा–१ मा रास्वपाको वडा भेला सम्पन्न, अध्यक्षमा कविन अमात्य सर्वसम्मत चयन
FB_IMG_1777271661687-1777272040.jpg

थाहा नगरपालिका–१ मा  राष्ट्रिय स्वतन्त्र पार्टीको १४ गते  वडा भेला सम्पन्न भएको छ। ‎ जिल्ला सदस्य राजकुमार...

khane-1774766593.png