Monday, 23 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

थाहा नगरपालिकाका हाकिम सहित तीन कर्मचारीले यहीँ बर्ष अवकाश पाउदै

DSCN4807-1753540730.JPG

मकवानपुरको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना कर्मचारीको चालु आर्थिक वर्ष २०८२/०८३ भित्रै अवकाश हुने विवरण सार्वजनिक भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको राष्ट्रिय किताबखाना (निजामती) ले १ साउनमा आर्थिक वर्ष २०८२/०८३ मा अनिवार्य अवकाश हुने कर्मचारीहरुको अनुमानित नामावली प्रकाशन गरेकोमा थाहाका ३ जना अनिवार्य अवकाशमा परेका हुन् ।

थाहा नगरपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, प्रशासन महाशखा प्रमुख नविन खालिङ र कृषि विकास शाखा प्रमुख सञ्जय तिवारी चालु आर्थिक वर्षमै अनिवार्य अवकाशको सूचीमा परेका छन् । प्रकाशित नामावली अनुसार थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख नविन खालिङ (अधिकृत आठौं) २०८२ फागुन १४ गते अवकाश पाउँदैछन् । अधिकृत सातौ तहका कृषि विकास शाखा प्रमुख तिवारीले २०८३ वैशाख १५ गते अनिवार्य अवकाश पाउँदैछन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (रा.प.द्वितीय श्रेणी) सुरेन्द्र प्रधानले भने २०८३ जेठ ८ गते अनिवार्य अवकाश पाउँदैछन् ।
त्यसोतः यसअघि थाहा नगरपालिकाका दुईपटक प्रमुख प्रशासकीय अधिकृत भैसकेका हरिलाल पुरी पनि आउँदो २०८२ भदौ १७ गते अवकाश पाउँदैछन् । चालू आर्थिक वर्षमा मुख्यसचिवदेखि कार्यालय सहयोगी सम्मका २ हजार २ सय एघार जना कर्मचारीले अवकाश पाउने हिसाव निकालिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको निजामती किताबखानाले आर्थिक वर्ष २०८२ / ८ ३ मा अवकाश पाउने कर्मचारीको सूची सार्वजनिक गरेको हो।
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल मंसीर ९ गते अनिवार्य अवकाश पाउने भएका छन्।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg