janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

थाहा नगर

थाहा नगरद्वारा आर्थिक बर्ष २०८०/०८१ को वार्षिक समिक्षा सम्पन्न

FB_IMG_1725200312376-1725200933.jpg

थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१मा संचालन गरेको विकास योजना तथा सेवा प्रवाहको विषयमा वार्षिक समिक्षा कार्यक्रम गरेको छ । थाहा नगरपालिकाले १६ भाद्रमा पालुङ जेसिजको सभाहलमा वार्षिक समिक्षा कार्यक्रमको आयोजना भएको हो ।

थाहानगर प्रमुख विष्णु विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी , वडा अध्यक्षहरु,कार्यपालिका सदस्य  तथा महाशाखा र शाखा प्रमुखहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । 
कार्यक्रममा नगरपालिकाको वित्तिय प्रतिवेदन लेखा अधिकृत अम्बर जिसी , योजना सम्बन्धी योजना महाशाखा प्रमुख डम्बर बहादुर विश्वकर्मा, सामाजिक विकासको अनिल लामिछाने, कृषि सम्बन्धी शाखा प्रमुख संजय तिवारी, पशु शाखाको डाक्टर निकाश भोलोन , महिला बालबालिकाको प्रतिमा मोक्तान,शिक्षा शाखाको माधव विक्रम मल्ल,सूचना तथा पर्यटनको सुरज कुमार भुजेल,रोजगार संयोजक कुमार नेगी,सामाजिक सुरक्षा शाखाको रुपक कार्की,सहकारीको अस्मिता तिवारी,न्यायीक समितिको गोपी कार्की,उद्योग तथा राजस्वको रोजिना खड्का,जिन्सी शाखाको सुदर्शन पहेलि,प्रशासनको उमेश श्रेष्ठ,सामी परियोजनाको मेलिना खत्री,स्वास्थ्य शाखाका मेघराज बलामीले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा थाहा नगरका  सबै १२ वटै वडाको वडा सचिवहरुले वार्षिक कार्यक्रम र सेवा प्रवाहको विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखले  शुभकामना व्यक्त गरेका थिए। 

समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले सबै शाखा र विषयगत शाखा र वडा कार्यालयहरुको प्रस्तुतीकरणका लागि धन्यवाद दिए । गिरीले अब त्रैमासिक समिक्षा समेत गरिने बताए । उनले समिक्षा कार्यक्रमले कतिपय सुधार गर्नुपर्ने पक्षलाई पनि औलयाउने भयकोले यसले पालिका र वडाको काममा थप उर्जा दिने बताए ।
 नगर प्रमुख विष्णु विष्टले समिक्षा पश्चात् पालिकाको विकासको अवस्था थाहा पाइने हुँदा उपलब्धीलाई संस्थागत गर्दै थप उपलब्धीका लागि योजना मद्दत गर्ने बताए ।

FB_IMG_1725200315485-1725200933.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...