pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरद्वारा आर्थिक बर्ष २०७९/०८० को वार्षिक समिक्षा सम्पन्न

FB_IMG_1691680353298-1691680371.jpg

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८०मा संचालन गरेको विकास योजना तथा सेवा प्रवाहको विषयमा वार्षिक समिक्षा कार्यक्रम गरेको छ । थाहा नगरपालिकाले २५ श्रावणमा पालुङ जेसिजको सभाहलमा वार्षिक समिक्षा कार्यक्रमको आयोजना भएको हो ।


थाहानगर प्रमुख विष्णु विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी , वडा अध्यक्षहरु,कार्यपालिका सदस्य  तथा महाशाखा र शाखा प्रमुखहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नगरपालिकाको वित्तिय प्रतिवेदन लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, योजना सम्बन्धी योजना महाशाखा प्रमुख डम्बर बहादुर विश्वकर्मा, सामाजिक विकासको अनिल लामिछाने, कृषि सम्बन्धी शाखा प्रमुख संजय तिवारी, पशु शाखाको मनिषा कटुवानी मगर , शिक्षा शाखाको माधव विक्रम मल्ल,सूचना तथा पर्यटनको सुरज कुमार भुजेल,रोजगार संयोजक कुमार नेगी,सामाजिक सुरक्षा शाखाको रुपक कार्की,स्वास्थ्य शाखाका मेघराज बलामीले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा अन्य शाखाहरुको पनि शाखा प्रमुख र सबै १२ वटै वडाको वडा सचिवहरुले वार्षिक कार्यक्रम र सेवा प्रवाहको विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखले  शुभकामना व्यक्त गरेका थिए ।

समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले सबै शाखा र विषयगत शाखा र वडा कार्यालयहरुको प्रस्तुतीकरणका लागि धन्यवाद दिए । गिरीले अब त्रैमासिक समिक्षा समेत गरिने बताए । उनले समिक्षा कार्यक्रमले कतिपय सुधार गर्नुपर्ने पक्षलाई पनि औलयाउने भयकोले यसले पालिका र वडाको काममा थप उर्जा दिने बताए । नगर प्रमुख विष्णु विष्टले समिक्षा पश्चात् पालिकाको विकासको अवस्था थाहा पाइने हुँदा उपलब्धीलाई संस्थागत गर्दै थप उपलब्धीका लागि योजना मद्दत गर्ने बताए ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...