Monday, 13 May, 2024
थाहा नगर

थाहा नगरको १४ औं नगरसभा सम्पन्न

FB_IMG_1704899220186-1704899298.jpg

मकवानपुर थाहा नगरपालिकाको १४ औं नगरसभा भएको छ । २५ पुसमा पालुङ जेसिज सभाहलमा भएको सभाले चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको समिक्षा सहित केही आयोजनाहरु संशोधन तथा रकमान्तर गरेको छ । सभाले समिक्षा र रकमान्तरको प्रस्तावहरु बहुमतले पारित गरेको छ ।

पालिकाले १३ औं नगरसभा पश्चात् गरेको कार्यक्रमहरुको समिक्षात्मक वक्तव्य नगर उपप्रमुख भरत गोपालीले सभामा प्रस्तुत गरेका थिए । उपप्रमुख गोपालीले चालु आर्थिक वर्षको हालसम्म २५.८८ प्रतिशत वित्तिय प्रगती हासिल भएको बताए । जसमा चालु खर्च ३५.७९ प्रतिशत र पुँजीगत १३.३ प्रतिशत वित्तिय प्रगती भएको उल्लेख गरे । पालिकाको विषयगत क्षेत्रतर्फ कार्यलय संचालन तथा प्रशासनिक क्षेत्रतर्फ ३५.०१ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १५.६ प्रतिशत, पूर्वाधार विकास क्षेत्रतर्फ १५.९२ प्रतिशत, सामाजिक विकास क्षेत्रतर्फ ३६.६१ प्रतिशत र आर्थिक विकास क्षेत्रतर्फ ६.७६ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ ।

चालु आर्थिक वर्षका लागि १ अर्ब ३ करोड ७० लाख ६४ हजार ८ सय ३५ रुपियाँ बराबरको बजेट स्वीकृत गरेको थाहा नगरपालिकालाई हालसम्म ४८.२२ प्रतिशत वास्तविक आय भएको उपप्रमुख गोपालीले सभामा जानकारी गराए । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ७ वटा कार्यविधि पारित गरेको, आर्थिक वर्ष २०७८/०७९ सम्मको बेरुजू मध्ये ५ करोड ५० लाख फछ्र्यौट गरेको, अनुमानित आन्तरिक आय मध्ये ६ करोड ३४ लाख ८१ हजार ९ सय २९ अर्थात २६.०९ प्रतिशत राजश्व संगलन भएकोलगायतका उपलब्धीहरु सभामा उपप्रमुख गोपालीले जानकारी गराए ।

यसैबीच थाहा नगरपालिकाको १४ औं नगरसभाले २ करोड ५७ लाख बजेट रकमान्तर गरेको छ । सभाले विभिन्न वडागत ४६ लाख, सहकारी शाखाको ५० हजार, प्रशासन शाखाको ५ लाख, वातावरण शाखाको ७ लाख, खेलकुद विकासतर्फ ५ लाख, सामाजिक विकासको ८ लाख, पशु विकासको १४ लाख, शिक्षाको ६ लाख बजेट रकमान्तर गरेको हो । त्यस्तै सूचना प्रविधिको ५ लाख ५० हजार, कृषिको ५ लाख ५० हजार, स्वास्थ्यको ५ लाख २५ हजार र योजना महाशाखा अन्तर्गत १ करोड २ लाख बजेट रकमान्तर भएको नगरपालिकाले जनाएको छ ।

सभाले करार सेवामा कार्यरत कर्मचारीहरुको म्याद थप गर्ने, पालिकाको कर्मचारी संगठन संरचना, राजश्व परामर्श समितिले सिफारिस गरेको निर्णयहरुलाई समेत बहुमतले पारित गरेको छ । त्यस्तै नगरसभा अन्तर्गत रहने गरी विधायन समिति र लेखा समिति गठन तथा विकास तथा सुशासन समितिमा एकजना सदस्य थप गर्ने निर्णय समेत गरेको छ । नगरसभाकै अवसरमा थाहा नगरपालिकामा लामो समयसम्म करार सेवामा रही सेवानिवृत्त भएका धनलाल देउला, धनमायाँ देउला, तेज बहादुर थिङ र लोक बहादुर श्रेष्ठलाई जनही ५० हजार नगदसहित सम्मान तथा विदाई गरेको छ ।

सभामा सबै जनप्रतिनीधिहरु, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासन महाशखा प्रमुख नबिन खालिङलगायत पालिका तथा वडा कार्यालयका कर्मचारीहरुको उपस्थिती थियो ।

FB_IMG_1704899271096-1704899298.jpg
FB_IMG_1704899265520-1704899327.jpg
FB_IMG_1704899259233-1704899327.jpg
FB_IMG_1704899247539-1704899358.jpg
FB_IMG_1704899242541-1704899358.jpg
FB_IMG_1704899237165-1704899384.jpg

world-link-1690434568.jpg
चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...