jkmv-1751210245.jpg
Wednesday, 09 Jul, 2025
chayerog-1733658794.png

थाहा नगर

थाहा नगरको वडा न १२ मा लिति खानेपानी आयोजना उद्घाटन, २०५ घरधुरी लाभान्वित

FB_IMG_1749823972327-1749824174.jpg

थाहा — मकवानपुरको थाहा नगर वडा न १२ मा लिति खानेपानी आयोजना एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ। आयोजनाबाट लिति क्षेत्रका २०५ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ।

 वडा न १२ को अध्यक्ष टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख अतिथिका रूपमा थाहा नगर प्रमुख विष्णु बिष्टले आयोजनाको उद्घाटन गर्नुभएको थियो। उहाँले स्थानीय विकासका लागि सबै निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो:"खानेपानी जस्तो आधारभूत आवश्यकतामा लगानी हुनु आफैंमा सन्तोषको विषय हो। यो आयोजना केवल पानीको प्रवाह होइन, विकासको संकेत हो।"

विशिष्ट अतिथिका रूपमा उपस्थित च्वाइस यूएसएका सीईओ ह्यादरले नेपाली समुदायप्रति आफ्नो संस्थाको प्रतिबद्धता व्यक्त गर्दै भने:
"हामी स्थानीय समुदायको जीवनस्तर सुधार्न काम गरिरहेका छौं। यस्तो आयोजनामा सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौं। पानी जीवन हो, र हामी जीवनमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छौं।"

च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्माले आयोजनाको सफल कार्यान्वयनमा स्थानीय सहभागिता महत्वपूर्ण रहेको उल्लेख गरे। उहाँले भन्नुभयो "यो आयोजनाको मूल मन्त्र हो – समुदायको नेतृत्वमा विकास। स्थानीयको श्रमदान,  इच्छाशक्ति र नगरपालिका र वडा संगको सहकार्यबिना यो सम्भव हुने थिएन। यो नमूना हो, जुन अरू ठाउँमा पनि लागू गर्न सकिन्छ।"

मेल खोला मुहानबाट झिकिएको पानीलाई १९ किलोमिटर लामो पाइप लाइनमार्फत गाउँको प्रत्यक घरसम्म ल्याइएको हो। कुल लागत १ करोड ६५ लाख रुपैयाँ बराबरको यस आयोजनामा थाहा नगरपालिकाबाट ६० लाख, च्वाइसबाट ८० लाख र स्थानीय श्रमदानबाट २५ लाख बराबरको योगदान भएको विवरण च्वाइसका प्रताप घिमिरेले जानकारी दिए।

पानीको ट्याङ्की निर्माणका लागि काले स्याङ्तान, वीर सिंह घलान, श्याममाया वाइवा, फाउते सिंह गोले, राम बहादुर स्याङ्तान र माइली स्याङ्तानले जग्गा दान गरेका थिए जग्गा दाताहरुलाई सम्मान गरिएको कार्यक्रममा नागदह आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो भने कार्यक्रम अन्तरदेशीय सांस्कृतिक आदान–प्रदानले थप रंगीन बनाइएको थियो।
उद्घाटन समारोहमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान,थाहा १२ का वडा सदस्यहरु युवराज जिम्बा,सुरेश घलान,सुनिता दर्जी,सुकमाया थिङ,प्रकाश स्याङ्तान निर्माण समिती अध्यक्ष हिरामान घलान,थाहा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल,साना किसान सहकारीका अध्यक्ष किरणमान बल लगायत च्वाइस नेपाल,डोटेरा अमेरिकाका प्रतिनिधि तथा स्थानीयको उपस्थित रहेको थियो।

 

FB_IMG_1749823977562-1749824174.jpg
khanepani-bord-1751210588.jpg
514409843_162648092470807-1751608211.jpg

world-link-1690434568.jpg
चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो
FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक...

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी
FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ
FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको...

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर
DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल...

इन्द्रायणी माध्यमिक विद्यालय, मोरियामा कक्षा ११ मा भर्ना खुला
FB_IMG_1751732758749-1751732773.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिका–८, मोरियामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२/८३ देखि...

हेटौडामा टिभिएसको 'मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया'
FB_IMG_1751551177109-1751636175.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको मनसुन प्लान्टेसन...

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण
FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ...

हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै
FB_IMG_1751551177109-1751551439.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको बिशेष मनसुन...