pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरको खानेपानी,नगर खानेपानी बोर्ड मार्फत हुने।

Screenshot_20220827-08434-1661569254.png

मकवानपुर थाहा नगरपालिका क्षेत्रको खानेपानी सेवा तथा पूर्वाधार विकासलाई क्रमशः थाहानगर खानेपानी व्यवस्थापन बोर्ड मार्फत संचालन गरिने भएको छ । थाहानगर प्रमुख विष्णु विष्टको अध्यक्षतामा १० भाद्रमा नगरपालिका कार्यालयमा भएको गुणस्तरीय तथा दीगो खानेपानी व्यवस्थापन सम्बन्धी कार्यक्रममा यस्तो बताइएको हो ।

कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्ले, थाहानगर खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवं थाहानगरका निवर्तमान नगर प्रमुख लवशेर विष्ट, निवर्तमान उपप्रमुख खड्ग गोपाली, थाहा नगरपालिकाका विषयगत शाखा प्रमुखहरु, थाहा नगरपालिकाका वडा वर्तमान अध्यक्षहरु, थाहानगर खानेपानी व्यवस्थापन बोर्डका सदस्यहरुलगायतको सहभागिता रहेको थियो । सहभागीहरुलाई हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले सहजीकरण गरेका थिए । कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका लेखापाल संजय कुमार न्यौपाने तथा इन्जिनियर अतुल भण्डारी, च्वाइस नेपालका प्रताप घिमिरेको आतिथ्यता रहेको थियो ।

थाहा नगरपालिकाको भौगोलिक अवस्था, नागरिकको आर्थिक अवस्थालगायतको सवाललाई विश्ेलेषण गर्दै महशुलमा आधारित खानेपानी सेवालाई बोर्ड मार्फत संचालन गर्न सकिने नगर प्रमुख विष्णु विष्टले प्रतिवद्धता व्यक्त गरे । नागरिकलाई सहजै खानेपानी सेवा दिनु नगरपालिकाको दायित्व भएको उल्लेख गर्दै प्रमुख विष्टले त्यसको व्यवस्थापकीय जिम्मेवारी बोर्डले क्रमशः गर्दै जाँदा सहज हुने बताए । थाहानगर खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष लवशेर विष्टले अहिले पनि नगरका केही खानेपानी योजनाहरुबाट महशुलमै आधारित भई खानेपानी वितरण भैरहेको उल्लेख गर्दै त्यस्ता योजनालाई खानेपानी बोर्ड मातहतबाट संचालन गर्दा एकद्वार सेवा प्रवाह हुने धारणा राखे । पालिका क्षेत्रको खानेपानी महशुलमा एकरुपता ल्याई पारदर्शीताको लागि नगरपालिकाकै एउटा अंगको रुपमा बोर्ड स्थापना भएको विष्टको भनाइ थियो ।

थाहानगर उपप्रमुख भरत गोपालीले नगरबासीलाई सहज र गुणस्तरीय खानेपानी उपलब्ध गराउने नगरको दायित्व भएको हुँदा खानेपानी व्यवस्थापन बोर्डमार्फत यो कार्य थप सहज हुने विश्वास व्यक्त गरे । उनले हेटौंडाकै तुलनामा थाहानगर खानेपानी व्यवस्थापन बोर्ड संचालन हुन नसकेपनि थाहालाई सक्षम, सबल र उत्तरदायी बनाउन नगरपालिका तयार रहेको धारणा राखे । थाहा नगरपालिकाका निवर्तमान नगर उपप्रमुख खड्ग गोपालीले नगरको खानेपानी सेवा र पूर्वाधार विकासका लागि खानेपानी व्यवस्थापन बोर्डको आवश्यकता रहेकोले गठन भएको बताउँदै यसको क्रियाशीलतामा जोड दिए । भोलिको व्यवस्थित शहरका लागि खानेपानी व्यवस्थापन चुनौति बन्दै जाने उल्लेख गर्दै अहिलेबाटै व्यवस्थापकीय अंग बोर्डको क्रियाशीलता अपरिहार्य रहेको जानकारी गराए ।

थाहानगर क्षेत्रको खानेपानी सेवालाई प्रभावकारी बनाउनका लागि खानेपानी व्यवस्थापन बोर्डलाई अपनत्वसहित अघि बढाउन पालिका जहिल्यै तयार रहेको प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्लेले बताए । उनले थाहानगर खानेपानी व्यवस्थापन बोर्ड हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड झै सक्षम नभएकोले पालिकाको साँझेदारी अंगको रुपमा विकास गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले देशका अन्य क्षेत्रका खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकायका लागि हेटौंडा सिकाइको केन्द्र भएको उल्लेख गर्दै आफ्नै जिल्लाको थाहानगरका लागि हरतरहले प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी थाहा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरुले आफ्ना वडाबासीहरुलाई स्वस्थ र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउनका लागि बोर्डको भूमिका हुनुपर्ने धारणा राखेका थिए । उनीहरुले मुहान दर्ता तथा खानेपानी वितरण, खानेपानीको स्वच्छता, महशुलमा एकरुपता लगायतका सवालमा बोर्डको भूमिका महत्वपूर्ण हुनुपर्ने अपेक्षा राखे । कार्यक्रममा सहभागी भएकी थाहा–७ की जानुका मल्ल ठकुरीले खानेपानी गाउँमा पुगेपछि महशुल भन्दा पनि उपलब्धता महत्वपूर्ण हुने बताउँदै गतवर्ष मात्र उनको घरको धारामा पानी पुगेको स्मरण गर्दै खुशी व्यक्त गरिन् ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...