Monday, 29 Apr, 2024
खेल

थाहा गोल्डकप फुटबल पुस २६ देखि ,बिजेतालाई २ लाख पुरस्कार

gold-1672294014.jpg

फाइल तस्बिर

चौथो संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता पुस २६ देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको छ "स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद"भन्ने मूल नाराका साथ थाहा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जन्मोत्सव पारेर रुदाने कै स्मृतिमा हरेक बर्ष पुस २६ मा प्रतियोगिताको आयोजना हुदै आइरहेको छ |
थाहा नगरपालिकाको खेल मैदान इन्द्रायणी चौरमा संचालन हुदै आइरहेको प्रतियोगितामा पहिलो सस्करणमा १२ टोलीको सहभागिता रहेकोमा दोश्रो र तेश्रो सस्करणमा ३२\३२ टोलीको सहभागिता रहेको थियो|


अगाडिको सस्करणमा २५ हजार दर्शकले भौतिक उपस्थितिमा तथा ५ लाख दर्शकले अनलाइनमा प्रतियोगिताको लाइभ प्रसारण हेरेका थिय |राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा काठमाडौं ,धादिंग ,हेटौडा ,चितवन ,सिमरा लगायतका टोलीले भाग लिदै आइरहेको प्रतियोगिताका सदस्य यादव रायमाझीले बताए |
बिगतमा सफलतापुर्वक सम्पन्न थाहा गोल्डकप बाट उत्पादित स्थानीय खेलाडीहरुले जिल्ला प्रदेश र राष्ट्रिय स्तरमा आफ्नो पहिचान गराउनको निम्ति प्रतियोगिताको औचित्य भएको खेलकुद बिकास समितिका सदस्य सचिव अनिल लामिछानेले बताउनुभयो वहाले थाहा गोल्डकप बाट मकवानपुर जिल्लालाई खेलको माध्यम बाट परिचित गराउन समेत सहयोग पुर्यायको उल्लेख गर्दै आगामी दिनमा राष्ट्रिय स्तरको टिममा जिल्लाको उत्तरी भेगको थाहा नगरपालिकाको समेत प्रतिनिधित्व हुने बातावरण बनाउन सफल हुने हुदा प्रतियोगिताको आवश्यकता बढेर गएको बताए |
चौथों संस्करणको प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजकको अनुमान छ |१० दिन सम्म चल्ने प्रतियोगिताको लागि टिम दर्ता गर्न आव्ह्वान गर्दै आयोजकले दर्ता शुल्क प्रति टिम १२ हजार र कार्ड डिपोजिट ३ हजार शुल्क तोकेको छ|
यस बर्ष देखि पुरस्कार राशिमा बृद्दि गर्दै १ लाख बाट बढाएर नगद २ लाख पुर्याउदै उपबिजेताले नगद १ लाख पुरस्कार पाउने छन् नगद बाहेक शिल्ड ,प्रमाणपत्र तथा मेडल सहित प्रत्यक म्याचमा म्यान अफ दि म्याच घोषणा तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ |
प्रतियोगिता अनलाइन बाट प्रतक्ष्य प्रसारण हुने आयोजकले जानकारी दियको छ 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...