Monday, 23 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

थाहामा सामाजिक सुरक्षा कोष सम्बन्धि अन्तरक्रिया तथा छलफल ।

IMG_20230220_120850_002-1676893919.jpg

थाहा नगर,८ फागुन/  थाहा नगर क्षेत्रमा रहेका उत्पादन मुलक उद्योग, पर्यटन उद्योग, स्वास्थ्य तथा शैक्षिक संघ संस्था तथा सहकारी सँग आवद्ध संंचालक तथा व्यवस्थापकहरुका लागि फागुन ८ मा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा सामाजिक सुरक्षा कोषको समन्वयमा  सामाजिक सुरक्षा कोष सम्वन्धी अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न भयो ।
सामाजिक सुरक्षा कोषका उपनिर्देशक एवं सह प्रवक्ता रोहित रेग्मीले सामाजिक सुरक्षा कोषका निती, नियम तथा प्रावधान र यसको महत्वका बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो साथै सहभागीहरुले राखेका विभिन्न जिज्ञासा माथि प्रस्ट पार्नुभएको थियो ।
 रेग्मीले योगदानमा आधारित सामाजिक सुरक्षा कोष आयको निरन्तरताको सुनिश्चितता भएको उल्लेख गर्नुभयो । उहाँले श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु कोषको उद्देश्य रहेको बताउनुभयो । यस्तै सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, हरेक नागरिकको मौलिक अधिकारका रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापित गरिनुपर्ने लगायतका कुराहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।
सामाजिक सुरक्षा कोष ऐनले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजनालाई प्राथमिकता दिएको छ । यस्तै आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्न सक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको रेग्मीले बताउनु भयो ।
कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै आयोजक संस्थाका अध्यक्ष उमेश प्रसाद ढकालले हामी विच रहेका विभिन्न दुविधा विचमा सामाजिक सुरक्षाको बारेमा जानकारी प्राप्त गर्न  र सामाजिक सुरक्षा कोषलाई त्रिपक्षीय श्रमिक, रोजगारदाता र सरकार पक्षबाट व्यवस्थापन गर्नको निम्ति कार्यक्रमको आयोजना गरियको बताए।
पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उमेश प्रसाद ढकालको सभापतित्वमा आयोजना गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली,जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल,थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान,जनमुखी अभियान प्रालिका अध्यक्ष अरुण रायमाझी लगायत यस क्षेत्रका उद्योग प्रतिष्ठान, बिमा कम्पनीमा कार्यरत व्यवस्थापक,शैक्षिक संस्थान, सहकारी तथा संघ संस्थामा आवद्ध प्रमुख तथा संचालकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख बिष्टले रोजगार दाता र श्रमिक विच रहेको सम्वन्ध विस्तार गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन नेपाल सरकारसँग मिलेर कार्य गर्न तथा विद्यमान श्रम ऐन, सामाजिक सुरक्षा ऐन नियमावलीमा भएका व्यवस्था बमोजिमका सुविधाका बारे जानकारी प्राप्त भएको बताउनुभएको थियो ।

IMG_20230220_122146_452-1676895696.jpg
IMG_20230220_120808_362-1676895698.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg