pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा व्यक्तिगत घटना दर्ता र सुरक्षा भत्ता भिपिएन प्रणाली मार्फत हुने ।

FB_IMG_1676474391241-1676474413.jpg

सरकारले फागुन ६ गतेदेखि व्यक्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको कार्य  भि.पि.एन.प्रणाली मार्फत  गर्ने भएको छ । देशभरका स्थानीय तहलाई पत्राचार गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले फागुन ६ गतेदेखी अनिवार्य रुपमा यो प्रणाली मार्फत कार्य सञ्चालन गर्न निर्देशन दिएको हो ।
स्थानीय तह मार्फत हुने व्यक्तीगत घटना दर्ता, जन्म,मृत्यु,विवाह,सम्वन्ध बिच्छेद तथा बसाईसराई र सामाजिक सुरक्षा भत्ताको कामलाई गोपनियता कायम गर्न यस्तो प्रणाली जडान गर्न लागिएको हो ।

सूचनाको उच्चतम सुरक्षा तथा गोपनियता,सूचनाको सही मूल्याङ्कन तथा सही भण्डारण र प्रयोगकर्ताको सही पहिचान तथा प्रमाणिकरणका लागि यस्तो प्रणाली जडान गर्न थालिएको थाहा नगरपालिकाका एम.एस.आई.शाखा प्रमुख रुपक कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार डिजिटाइजेशन भनेको 
नेपालमा विधिवत रुपमा बि.सं. २०३४ बैशाख १ देखी ब्यक्तिगत घटना दर्ता प्रारम्भ भएपश्चात गरिएका सम्पूर्ण घटना दर्ता  किताब (ढड्डा) लाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको अनलाइन सिस्टममा  प्रविष्टि गर्ने कार्य नै डिजिटाइजेशन भएको बताए।
यसैविच थाहा नगरपालिकाले पनि मातहतका कर्मचारीलाई भिपिएन मार्फत कार्य सञ्चालनका लागि तालिम दिएको छ । १२ वटै वडामा सामाजिक सुरक्षा तथा पञ्जिकरणको काम गर्ने वडा सचिब लाई  फागुन ३ गते तालिम दिइएको हो । सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा भएको तालिममा भिपिएन मार्फत काम गर्दा अपनाउनु्पर्ने प्रक्रिया तथा जडानका विषयमा जानकारी दिइएको थियो ।

तालिमका  अवसरमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरेले व्यक्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षाको काम जनतासंग प्रत्येक्ष जोडिएको संवेदनशिल विषय भएकाले जिम्मेवार भएर काम गर्न निर्देशन दिए । नगरको काममा गुणस्तरियता ल्याउन कर्मचारीको महत्वपूर्ण भुमिका हुने भएकाले सरल,सहज र नियमसंगत तरिकाले काम गर्नुपर्ने उनको भनाई थियो ।  तालिममा सामाजिक शाखाका प्रमुख अनिल लामिछाने  ,एम.एस.आई. अपरेटर लक्ष्मण कडेल,एमआइएस शाखाका अच्युत बिडारी,थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेल प्रशासन शाखा प्रमुख उमेश श्रेष्ठले सहजीकरण गरेका थिए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...