Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा विभिन्न संघसंस्था द्वारा शुभकामना तथा चियापान

309491672_117954790961011-1664633242.jpg

थाहा नगरपालिकामा आयोजित पालुङ बहुउद्देश्यीय सहकरी संस्थाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा थाहा नगरका उपप्रमुख भरत गोपालीले राष्ट्रिय एकता र सद्भाव कायम गर्न चाडपर्वको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
थाहा नगरको थानाबजारमा पालुङ बहुउद्देश्यीय सहकारीले सनिवार आयोजना गरेको दसै, तिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख भरत गोपालीले नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण देशमा चाडपर्वले आपसमा सदभाव अभिवृद्धि गर्न योगदान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चाडपर्वले सहिष्णुता, सद्भाव र एकतामा सहयोग पुर्याउने गरेका छन् । त्यसैले चाडपर्वको महत्व कम आँक्न हुँदैन, यिनको संरक्षण गर्नुपर्छ ।’
पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष पुर्शोत्तम कार्कीको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथी उपप्रमुख भरत गोपाली,बिशिस्ट अतिथी जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल ,संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल जंगली ,पुर्व संचालक समितिका पदाधिकारी ,वर्तमान संचालक समितिका सदस्यहरु,कर्मचारीहरु शेर धनी सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो।तेस्तै पालुङ जेसिजले पनि नजिकिदै गैरहेको दशै तिहार ,छठ,नेपाल सम्बतको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ।होटल उत्सव प्लाजामा भएको कार्यक्रममा जेसिज २०२२ का पदाधिकारी तथा पुर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो ।जेसिज बर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष भरत गोपालीलाई थाहा नगरको उपप्रमुखमा निर्वाचित भएको उपलक्ष्यमा नेपाल जेसिजले प्रदान गरेको सम्मानपत्र हस्तान्तरण गरियको थियो।
आजै इलाका प्रहरी कार्यालय पालुङले पनि शुभकामना आदानप्रदान तथा चियापान आयोजना गरेको थियो ,प्रहरीको कार्यक्रममा थाहा नगरका संघसंस्थाका प्रतिनिधि ,पुर्व जनप्रतिनिधी,हालका जनप्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...