pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा लम्पी स्किन नियन्त्रण गर्न साताव्यापी खोप अभियान सुरु,

FB_IMG_1691675238559-1691675263.jpg

थाहा नगर। बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान अन्तर्गत थाहा नगरपालिकामा पनि अभियान सुरु गरिएको छ ।

रोगको बढ्दो सङ्क्रमण दर र पशु मृत्युदर न्यूनीकरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज साउन २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरेको हो ।

खोप अभियानअन्तर्गत प्रदेशका करिब ४० हजार गाई/भैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य रहेको मन्त्रालयकी पशु चिकित्सक डा सृजना वाग्लेले जानकारी दिईन् । अभियान मन्त्रालयअन्तर्गत रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत सञ्चालन गरिने र दैनिकरुपमा खोप लगाइएका पशुको तथ्याङ्क सङ्कलन गरी सार्वजनिकीकरणसमेत गरिने उनले बताईन् ।

 साउन २५ गते मन्त्रालयले रोगविरुद्ध खोप अभियानको औपचारिक उद्घाटन गर्ने र सो कार्यलाई ३१ गतेसम्म निरन्तरता दिइने छ । लम्पी स्किन रोग झिङ्गा, लामखट्टे, किर्नाजस्ता किराको टोकाइबाट सर्ने उक्त रोगका कारण गाईभैँसीमा अत्यधिक ज्वरो आउने, दानापानी नखाने, छालामा गिर्खा आउनेलगायतका लक्षण देखा पर्ने चिकित्सकको भनाइ छ।
अभियान अन्तर्गत छनोट भएका भ्याक्सिनेटर हरुले खोप लगाउने नगरका पशु प्राविधिक रुपेश मिश्रले जानकारी दिए।
 थाहा नगरपालिका भित्र रहेका २८१गाई भैंसीलाई लम्पी स्किन रोग लागेको र ती मध्य २७ वटा चौपायाको रोगको कारण मृत्यु भएको पशु प्राविधिक मिश्रले बताए साथै उनले नगरपालिका भित्र रहेका ९ सय ५० गाई भैंसीलाई लम्पिस्किन बिरुद्धको भ्याक्सिन लगाइसकेको  जानकारी दिएका छन।

FB_IMG_1691675235680-1691675266.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...