pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा मनाइयो ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस

FB_IMG_1733228977663-1733228990.jpg

डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइने गरिन्छ । यसलाई अन्तर्राष्ट्रिय नारा छ : ‘समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई प्रवद्र्धन गरौँ ।’
 ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार : अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नाराका साथ थाहा नगरपालिका अपाङ्ग सरोकार समन्वय समितिको आयोजना तथा थाहा नगरपालिका महिला,बालबालिका,जेष्ठ नागरिक तथा अपाङ्ग शाखाको सहयोगमा अभिमुखिकरण सहित न्यानो कपडा वितरण गरि ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ।
शिखरकोटको बिकास घरमा समितिको नगर अध्यक्ष मनलाल गोपालीको अध्यक्षता तथा थाहा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला अपाङ सरोकार समितिका अध्यक्ष गणेश चन्द्र दवाडिले "अपाङ्गता भएका व्यक्तिहरुको हक,अधिकार,आत्मबल,तथा लक्ष्य निर्माण सम्बन्धि अभिमुखिकरण दिनुभएको थियो।
दिवसकै अवसरमा नगरपालिकाका प्रत्यक वडाका एक अपाङ्गता भएकालाई न्यानो कपडा समेत वितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरीले नेपालको संविधानको अनुसूची ८ को १६ मा स्थानीय तहको अधिकार अन्तर्गत अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापनका सम्बन्धमा समेत उल्लेख गरिएकोले थाहा नगरपालिकाले पनि नगर भित्र रहेका अपाङ्गता भएका हरुको पहिचान गरि स्वास्थ्य केन्द्रको सिफारिस अनुसार कार्ड अनुरुप भत्ता तथा विभिन्न शीपमुलक तालिमको आयोजना गरिरहेको बताउदै अपाङ्गता भएका व्यक्तिलाई हेर्ने समाज एवं राज्यको दृष्टिकोण परिवर्तन हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने,महिला बालबालिका जेष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र शाखाका प्रमुख प्रतिमा मोक्तान  लगायतका उपस्थिति रहेको थियो।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति बञ्चित छन् । 

उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् । जनगणनाको प्रतिवदेन अनुसार कूल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपाङ्गताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकार भएका निकायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आइएको हो ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...