kirsi-samaagri-utpaadan-1733404658.png
Tuesday, 21 Jan, 2025
krishi-suchana-1732709378.png

थाहा नगर

थाहामा मनाइयो ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस

FB_IMG_1733228977663-1733228990.jpg

डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइने गरिन्छ । यसलाई अन्तर्राष्ट्रिय नारा छ : ‘समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई प्रवद्र्धन गरौँ ।’
 ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार : अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नाराका साथ थाहा नगरपालिका अपाङ्ग सरोकार समन्वय समितिको आयोजना तथा थाहा नगरपालिका महिला,बालबालिका,जेष्ठ नागरिक तथा अपाङ्ग शाखाको सहयोगमा अभिमुखिकरण सहित न्यानो कपडा वितरण गरि ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ।
शिखरकोटको बिकास घरमा समितिको नगर अध्यक्ष मनलाल गोपालीको अध्यक्षता तथा थाहा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला अपाङ सरोकार समितिका अध्यक्ष गणेश चन्द्र दवाडिले "अपाङ्गता भएका व्यक्तिहरुको हक,अधिकार,आत्मबल,तथा लक्ष्य निर्माण सम्बन्धि अभिमुखिकरण दिनुभएको थियो।
दिवसकै अवसरमा नगरपालिकाका प्रत्यक वडाका एक अपाङ्गता भएकालाई न्यानो कपडा समेत वितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरीले नेपालको संविधानको अनुसूची ८ को १६ मा स्थानीय तहको अधिकार अन्तर्गत अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापनका सम्बन्धमा समेत उल्लेख गरिएकोले थाहा नगरपालिकाले पनि नगर भित्र रहेका अपाङ्गता भएका हरुको पहिचान गरि स्वास्थ्य केन्द्रको सिफारिस अनुसार कार्ड अनुरुप भत्ता तथा विभिन्न शीपमुलक तालिमको आयोजना गरिरहेको बताउदै अपाङ्गता भएका व्यक्तिलाई हेर्ने समाज एवं राज्यको दृष्टिकोण परिवर्तन हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने,महिला बालबालिका जेष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र शाखाका प्रमुख प्रतिमा मोक्तान  लगायतका उपस्थिति रहेको थियो।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति बञ्चित छन् । 

उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् । जनगणनाको प्रतिवदेन अनुसार कूल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपाङ्गताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकार भएका निकायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आइएको हो ।

 

chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
“अरूको सोचमा आफ्नो हर्ष वा शोक नखोजौं”:- सिम्रन खड्का
1737464074557-1737464098.jpg

यस्तो त् सानो कुरामा नै खुसि हुने मन सानै कुरा मा पनि बिचलित हुन् पुग्छ खुसि हुन लाइ धेरै ठुलो कुरा नचाहिने मन लाइ...

एमालेमा ५९ जनाको सामूहिक राजीनामा
FB_IMG_1736141202334-1737357938.jpg

नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले कारबाहीमा...

चित्लाङ थानकोट सडक:- आज बेलुकी ४ बजे बाट खुल्ने
FB_IMG_1735712432242-1737346578.jpg

एक महिना देखि सडक आवातजावत लाई पुर्ण रुपमा बन्द गरि स्तरोन्नति गरिरहेको थानकोट चित्लाङ सडकमा आज बेलुकी ४ बजे पछि...

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई
FB_IMG_1737289788299-1737289810.jpg

मकवानपुर, ०६ माघ । मनहरी गाउँपालिका वडा स्तरीय दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधि...

एमाले थाहा नगरले तीन महिने अभियान संचालन गर्ने
FB_IMG_1737217757007-1737217772.jpg

हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान...

अंगारेका कार्की परिवार द्वारा इन्द्रायणी मन्दिरमा सिंहको मुर्ती प्रतिष्ठा
FB_IMG_1737215999456-1737216014.jpg

बाजे गम्भीर सिंह कार्कीका जसि मन्त र शिवहरी का सन्तान थाहा २ अंगारेका माधव कार्की,राजेन्द्र कार्की,किरण...

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप थाहामा माघ २२ गते देखि लगाइने,
1737032241097-1737032257.jpg

थाहा नगरपालिकामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ माघ २२ गतेदेखि लगाउने भएको छ । थाहा नगरपालिका...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह
1736955698308-1736955710.jpg

काठमाडौं – “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड 2 5G,...

डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो
FB_IMG_1736955047474-1736955059.jpg

डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र...