pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा भएको राष्ट्रिय परिचयपत्र शिविरमा ८ सय ९१ जनाले फारम भरे

IMG_20240628_102416_149-1720190021.jpg

सरकारले २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरेसँगै हालसम्म राष्ट्रिय परिचयपत्र बनाउन आवेदन नदिएका ज्येष्ठ नागरिकहरू तथा अन्य लाभग्राहीहरुको निम्ति असार १० देखि १८ गते सम्म थाहा नगरपालिकामा भएको शिविरमा ८ सय ९१ जना लाभग्राहीहरुले राष्ट्रिय परिचयपत्र शिविरमा आवेदन दिएका छन।
जिल्ला प्रशासन कार्यालय, हेटौडाबाट राष्ट्रिय परिचयपत्र शिविर सञ्चालनका लागि टोली पठाई थाहा नगरपालिकाको १२ वटै वडाको पायक पर्ने स्थानमा शिविर सञ्चालन गर्दा थाहा नगरभरिका ८ सय ९१ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले सेवा लिएको पञ्जिकरण शाखा थाहाका शाखा प्रमुख रुपक कार्कीले जानकारी दिए।
थाहा नगरपालिकाबाट सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र नगरप्रहरीले सहजिकरण गरेको शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछी   वृद्ध–वृद्धाहरुको घुइँचो लागेको थियो ।
थाहा नगरपालिकाको चित्लाङ,बज्रवाराही,नौखण्डे,डाडाबास र थानाबजारमा शिविर संचालन गरिएको थियो।
९० वर्ष माथी, अशक्त, असाहय र अपाङगता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको थाहा नगर पञ्जिकरण शाखाले जनाएको छ।
 आर्थिक बर्ष  २०८१/०८२ को लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न अनिवार्य राष्ट्रिय परिचयपत्र आवश्यक पर्दछ।
अब आउने  साउन ०१ गते देखि भाद्र मसान्त सम्ममा नविकरण नगरेमा भत्ता निकाशा रोकिने हुँदा भत्ता नविकरण गर्नको लागि आफ्नो वडामा निवेदन दिई आफू स्वयम उपस्थित भई राष्ट्रिय परिचयपत्र सहित नविकरण गर्दा आफ्नो हातको औँलालाई नविकरण मेसिनमा राखेपछी मात्र नविकरण हुने पञ्जिकरण शाखाका रुपक कार्कीले जानकारी दिए।थाहा नगरपालिकामा ४ हजार ४ सय ३६ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभान्वित भएको नगर संग तथ्यांक छ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...