Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

थाहामा ब्याबसायिक रुपमा लोकल कुखुरा र टर्किको पालन 

dada-1537687877.jpg

— शम्भु अधिकारी
०७ असोज २०७५
     थाहा नगरपालिका कृषि र पर्यटनको हब बनाउने विभिन्न योजनाहरु नगरपालिकाले अघि सारि रहेको अबस्थामा एक युवाले प्रयोगात्मक रुपमै आफ्नै लगानिमा नगरलाई कृषि र पर्यटन सँगै लाने योजनामा होमस्टे सङै टर्कि र लोकल कुखुराको ब्याबसायिक रुपमा पालन गर्न थालेका छ्न ।
     थाहा नगरपालिका २ फाँटबजारका स्थानीय युवा माधब कार्कीले डाँडाघरे बाको होमस्टे सँचालनको साथै टर्कि, लोकल कुखुरा, हाँसपाल्न थालेका हुन् । करिब एक रोपनी जग्गामा खुल्ला रुपमा टर्कि र कुखुरा,सहित हास, गिरिराज जातका लोटन पाल्न थालेका हुन् ।
एकजनालाई प्रत्यक्ष रोजगारी दिई आफू पनि स्वरोजगार बन्दै कार्कीले सुरुमा ७५ वटा टर्कि सहित लोप हुन थालिसकेको लोकल कुखुरा, काभ्रे, रामेछापको ग्रामीण भेगबाट ल्याइ पालन गरिरहेका छ्न ।

dadadaa-1537685657.jpg
     तीन लाख रुपैयाँको लगानीमा ब्याबसाय थालेका कार्कीले बजारको माग धेरैनै भइरहेको बताउनु भयो । अहिले होम स्टेमा आउने पाहुनाको लागि मात्र पुगिरहेकोले बाहिरको माग पुरा गर्नका लागि अब लगानी र ब्याबसाय दुबै बढाउदै लैजाने बताउनु भयो ।
स्वास्थको लागि उपयुक्त मानियको टर्किकोे मासुमा बोसो नहुने भएकाले विभिन्न किसिमको रोगिलाइ पनि उपयुुक्त हुने भएकाले माग राम्रो रहेको बताउनु भयो ।
      काठमाडौ, हेटौंडा, चितवनमा टर्किको माग बढिरहेको र धेरै माग अङ्ग्रेजी नयाँ बर्ष र कृसमसको बेलामा हुने कार्कीले बताउनु भयो । आगामि दिनमा टर्किको चल्ला उत्पादन गरि ब्यबसायलाई बृहद बनाउने प्रयास भैरहेको बताउनु भयो ।
मुक्तिनाथ हरियाली कृषि सहकारी सस्थाका अध्यक्ष समेत रहेका कार्कीले कृषि सहकारी मार्फत यस ब्यबसायलाई अगाडि लैजाने सोच रहेको बताउँछन् । टर्किलाई ७० प्रतिसत घाँस र ३० प्रतिसत दाना आवस्यक हुने र  लोकल कुखुरालाई दाना आवस्यक नहुने बताउनु भयो ।
ब्याबसायीक रुपमा माग धान्न नसकिने भएकोले सहकारी मार्फत यस्लाइ थाहा नगर भरी कृषि र पर्यटनको हबको रुपमा बिकास गरि लैजाने योजना रहेको र यसको लागि नगरपालिका सँग समन्वय गरि अगाडी बढ्ने कार्की बताउँछन् ।

ddaass-1537685657.jpg

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg