Tuesday, 30 Apr, 2024
थाहा नगर

थाहामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइदै

1709123321845-1709123618.jpg

फाइल फोटो

मकवानपुरमा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइदै छ । जिल्लाका दशवटै स्थानीय तहसंगको सहकार्यमा  बाख्राहरुलाई पिपिआरविरुद्धको खोप लगाइन लागिएको हो । फागुन १६ गते बाट २२ गते सम्म खोप अभियान सञ्चालन भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुर का वरिष्ठ पशु चिकित्सक बज्र किशोर यादवले  बताए ।

प्रत्येक पालिकाको पशु शाखा तथा खोपकर्ताहरु परिचाल गरेर अभियानको रुपमा पिपिआर विरुद्धको खोप दिइन लगिएको उनले बताए । पिपिआर रोग लागेमा त्यसको औषधि नहुने र त्यो रोगबाट बचाउने एकमात्र उपाय खोप भएकाले पिपिआर विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

पिपिआर रोगबाट बचाउनका लागि थाहाका  किसानहरुले पालेका बाख्रालाई निःशुल्क खोप लगाइन लागिएको थाहा नगर पशु शाखा प्रमुख डाक्टर निकाश ब्लोनले जानकारी दिए । थाहा नगरमा १७ हजार डोज खोप प्राप्त भएको बताइएको छ । खोपका लागि सबै वडामा अहिले खोपकर्ताहरु परिचालन गरिएका छन् । उनिहरुले गाउँगाउँमा गएर खोप लगाउने छन ।

बाख्रामा पिपिआर रोग लागेमा पखाला लाग्ने, र्याल सिगान बगाउने, उच्च ज्वरो आउनेलगायत लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्र बताउछन। बाख्राहरुलाई पिपिआर विरुद्धको खोप लगाउन पनि सबै किसानलाई आग्रह गरिएको छ । हेर्नुस सूचना 


world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...