pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

थाहा नगर

थाहामा नागरिक सुनुवाई सहित लागू औषध तथा मदिरा नियन्त्रण सम्बन्धि अन्तरक्रिया

FB_IMG_1746633589793-1746633864.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रशासन कार्यालयले थाहामा नागरिक सुनुवाई सहित लागू औषध तथा मदिरा नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

थाहा नगरपालिकाको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सभाध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा भएको हो ।
थाहा वडा न ३ मा रहेको बिकास घरको सभाहलमा भएको कार्यक्रमका प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले मकवानपुरमा लागुऔषध कारोवार तथा ओसारपसारका घटना वृद्धि भइरहेको र दैनिक रुपमा लागुऔषध प्रयोगकर्ताको संख्या पनि बढ्दो क्रममा रहेको र जिल्ला लागू औषधी कारोबारको हव बन्दै गैरहेकोले चिन्ता संगै सुरक्षा चुनौती थपिएको बताए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बिश्वराज खड्काले जिल्लामा आर्थिक बर्ष २०८१/०८२ को चैत्र मसान्त सम्म ४ हजार ३ सय १७ किलो गाँजा,२० किलो २ सय ३१ ग्राम अफिम,४ सय २८ ग्राम खैरो हिरोइन,५१ किलो ७ सय १० ग्राम चरेस,कोरेक्स ३ सय ७७ बोतल,नाइट्राभेट ६० हजार ४ सय ५५ क्याप्सुल,डाइजापाम १६ सय ३२ एम्पुल,र लागुऔषध कारोबारमा प्रयोग भएको ३४ थान सवारीसाधन पक्राउ गरेको जानकारी दिए।
प्रमुख खड्काले यस आर्थिक बर्षको चैत सम्म १ सय ३९ वटा मुद्दा दर्ता गरि २ सय ८ जनालाई पक्राउ गरिएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार जिल्लामा १५ बर्ष देखि २५ बर्ष सम्म उमेर रहेका ५१ प्रतिशतले लागू औषधको प्रयोग गर्ने गरेको तथ्यांक रहेको छ भने २६ देखि ३५ बर्षका २९ प्रतिशत र ३६ बर्ष देखि माथीका २० प्रतिशत लागू औषध प्रयोग गर्ने गरेको छ।
जिल्लामा यो आर्थिक बर्षमा १ सय २० बिघा ४ कठ्ठा  क्षेत्रफलमा लगाइएको गाँजा र ३९ बिघा ८ कठ्ठामा लगाइएको अफिम नष्ट गरिएको विवरण प्रस्तुत गरियो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेलले जिल्ला प्रशासन कार्यालय बाट सम्पादक हुने कार्यको बारेमा प्रस्तुतीकरण दिएका थिए।
तेसै गरि थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले पालिकाले गरेका कार्यसम्पादन र प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए।

नागरिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्नको जबाफ दिदै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले अरुको भविष्यमाथी खेलवाड गर्नेलाई बिचरा,कठै भन्ने छुट कसैलाई नभएको बताउदै लागू औषधमा निर्मम भएर अगाडि बढ्नुपर्ने बताउनुभयो वहाँले विशेषगरि स्थानीय तहले लागु औषध खेती र कारोबार रोक्न ध्यान दिनुपर्नेमा जोड दिए।
उनले नेपाल सरकारले कानुन नबनाउन्जेल गाजा रोप्नु,खानु,ओसारपसार गर्नु सबै अबैध रहेको बताउदै यस्मा संका नगर्न आग्रह गर्नुभयो।

कार्यक्रममा विशेषत: नागरिकको तर्फबाट थाहा नगरमा ईलाका प्रशासन कार्यालय,नागरिकता र राष्ट्रिय परिचयपत्र शिविर र लागु औषध कारोबारी पक्राउमा प्रहरीको भुमिका सम्बन्धि प्रश्न गरेका थिए।
उठेका प्रश्नको जबाफ जिल्ला प्रहरी प्रमुख बिश्वराज खड्का,प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले उत्तर दिनुभएको थियो।
कार्यक्रममा ससस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक सन्तोष बिक्रम शाह,राष्ट्रिय अनुसन्धान मकवानपुरका उप अनुसन्धान निर्देशक प्रज्वल खड्का,थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,राजनैतिक दलका प्रमुख हरु,जनप्रतिनिधि,कर्मचारी,टोल सुधार समितिका प्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो।

FB_IMG_1746633597293-1746633864.jpg
FB_IMG_1746633604740-1746633896.jpg
FB_IMG_1746633607564-1746633896.jpg
FB_IMG_1746633631139-1746633941.jpg
FB_IMG_1746633635804-1746634106.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...