Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

थाहा नगर

थाहामा नगरप्रमुख र प्रप्रअबीच कार्यसम्पादन सम्झौता

karya-sampadan-1722247557-1722248518.jpg

थाहा नगरपालिकामा आर्थिक वर्ष २०८१।८२ का लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता गरिएको छ । सोमबार नगर कार्यपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच नगरप्रमुख विष्णु विष्ट र प्रप्रअ कृष्ण गिरीबीच कार्यसम्पादन करार भएको हो । 

सुशासन(व्यवस्थापन तथा सञ्चालन) ऐन तथा नियमावली, निजामती सेवा ऐन तथा नियमावली, स्थानीय सरकार सञ्चालन ऐन र नेपाल सरकारद्वारा समयसमयमा जारी निर्देशन र परिपत्रहरुमा आधारित भई प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा आर्थिक वर्षभरि सम्पादन गर्ने कार्यहरुको  सम्बन्धमा नगरप्रमुखसँग कार्यसम्पादन करार गरिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए । 

थाहा नगरपालिकामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएसँगै प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरु सहभागी उक्त कार्यक्रममा शाखा प्रमुखहरुले प्रमुख प्रशासकीय अधिकृत गिरीसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । सम्झौतामा हस्ताक्षरअघि शाखा प्रमुखहरुले आफू र आफ्नो शाखाबाट वर्षभरिमा सम्पादन हुने  कार्यहरुको बारेमा जानकारी गराउँदै करार पत्र वाचन गरेका थिए । 

नगरको संगठनात्मक संरचना अनुसार शाखा तथा कार्यक्रम प्रमुखहरुले कार्यसम्पादन करार गरेको नगरपालिकाका प्रशासन महाशाखा प्रमुख नवीन खालिङले जानकारी दिए । 

थाहा नगरपालिकाको नगर सभाबाट पारित नीति, कार्यक्रम र बजेटको आधारमा शाखाहरुले तयार पारेको आव २०८१।८२ को वार्षिक कार्ययोजना पनि सोमबार नै स्वीकृत गरिएको छ । शाखा प्रमुखहरुले तयार पारेको कार्ययोजना प्रमुख प्रशासकीय अधिकृत गिरीको सिफारिसमा नगर प्रमुख विष्टले स्वीकृत गरेका हुन् ।

कार्यसम्पादन करार र वार्षिक कार्ययोजनाको स्वीकृतिपछि अब उक्त दस्तावेजहरुको आधारमा आव २०८१।८२ को कार्यक्रम कार्यान्वयन प्रक्रिया अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए । 

कार्यक्रममा सम्बोधन गर्दै थाहा नगरपालिकाका प्रमुख विष्टले जनताको अपेक्षा, जनप्रतिनिधिहरुको चाहना र कर्मचारीहरुको ज्ञान, कार्यकुशलता, सक्षमता र अनुभव एकाकार हुँदा विकासको गति तीब्र हुने विश्वास व्यक्त गरे । उनले कार्यसम्पादन करारपत्र प्रतिवद्धताको अर्को रुप भएकोले  आफूले हस्ताक्षर गरेको प्रतिवद्धता अनुसार कार्य गर्न आग्रह गर्दै चौमासिक रुपमा त्यसको समीक्षा गरिनेसमेत बताए । 

कार्यक्रममा आफ्नो धारणा राख्दै नगर उपप्रमुख भरत गोपालीले शुसासन नै विकासको पहिलो आधार भएकोले यसतर्फ सदैव सचेत रहन कर्मचारीहरुलाई आग्रह गरे । ‘थाहा नगरको विकास तपाईंहरुको कार्यकुशलताबाट प्रतिविम्बित हुन्छ, तपाईंहरु थाहा नगरको समग्र विकासका क्षेत्रहरुको प्रमुख सारथी हुनुहुन्छ’ उनले भने । 


world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...