Tuesday, 30 Apr, 2024
थाहा नगर

थाहामा तामाङ पाठ्यक्रम पुनर्ताजगी प्रशिक्षण सम्पन्न

428711224_132441562824794-1709730903.jpg

स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ  मातृभाषा शिक्षा कार्यक्रम थाहा नगरपालिकामा सुरु भएपछि तामाङ भाषा लिपि प्रवर्द्धन तथा पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम अन्तर्गत तीन दिने पुनर्ताजगी कार्यक्रम थाहामा सम्पन्न भएको छ ।
बुधबार नेपाल तामाङ घेदुङ थाहाका अध्यक्ष दिपेन्द्र  कुमार थिङको अध्यक्षता तथा जिल्ला समन्वय समिती प्रमुख ललित घलानको प्रमुख आतिथ्यता तथा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टको बिशिस्ट आतिथ्तामा तीन दिने कार्यक्रमको समापन गरिएको हो।

मातृभाषा तथा स्थानीय विषयमा शिक्षा गुणस्तरिय तथा वैज्ञानिक शिक्षाको सुनिश्चितता भन्ने उद्देश्कासाथ थाहा नगरपालिकामा यो कार्यक्रमको सुरुवात गरिएको थियो ।जिल्लाका १० स्थानीय तहहरु मध्ये मातृभाषा तथा स्थानीय विषयक कार्यक्रम गराउँनेमा पहिलो पालिका थाहा नै रहेको छ ।
कार्यक्रममा बोल्दै थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले मातृभाषामा शिक्षा भनेको व्यक्तिले बोल्ने पहिलो भाषामा पठन पाठन गर्नु  भएको बताउदै  यो विषयले विश्वका विभिन्न देशमा मौलिक अधिकार सरहको अधिकार प्राप्त गरेको र  मातृभाषा भन्दा अन्य भाषाको प्रचलन बढी भएको ठाउँमा मातृभाषा शिक्षाका विषयले महत्त्व पाएका बताएका छन्।

तेसैगरी प्रमुख अतिथी जिसस प्रमुख घलानले मातृभाषामा शिक्षा भनेको विद्यालयमा अध्ययनरत बालबालिकालाई उसैको घरमा बोलिने भाषा बोलेर शिक्षणसिकाइ गर्ने पद्धति भएको बताउदै मातृभाषामा शिक्षा होस् वा तामाङ भाषामा शिक्षा नै किन नहोस् यसको बारेमा माथिल्लो तहदेखि तल्लो तहसम्म समान धारणा हुनुपर्ने बताउनुभयो।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै थाहा नगर प्रमुख बिष्टले थाहाको सामुदायिक विद्यालयका कम्तीमा पनि कक्षा १-३ सम्म मातृभाषाको माध्यमबाट शिक्षा दिई त्यसभन्दा माथि मातृभाषा विषय पढाउन सकिने स्थापित मान्यता र सिद्धान्त लाई व्यवहारमा लागू गरेको बताए।

थाहा नगरपालिका  भित्रका छनोटमा परेका ३०  विद्यालयमार्फत एक ,एक जना शिक्षक लगाएतको उपस्थित रहेको कार्यक्रममा प्रशिक्षकमा माृभाषाका भाषा विज्ञ प्रतीक डेङ्सुर,र दर्पण ब्लोनले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा थाहा नगर शिक्षा शाखा अधिकृत सुर्य बहादुर थिङ,जिल्ला समन्वय समिती मकवानपुरका सदस्यहरुको उपस्थिति रहेको थियो।

थाहा नगरपालिका तथा भाषा आयोग काठमाडौको सहकार्य तथा नेपाल तामाङ घेदुङको बागमती प्रदेश समितीको आयोजनामा गएको शैक्षिक सत्र देखि मातृभाषा शिक्षा कार्यक्रम सुरु गरिएको तामाङ घेदुङ थाहाका सचिव मङ्गल तामाङ्ले जानकारी दिए ।
नेपालमा मातृभाषामा शिक्षा कार्यक्रम वि सं २०५५ देखि सुरू भएको हो। यसका लागि पाठ्यक्रम विकास केन्द्रले २४ वटा मातृभाषामा प्राथमिक तहसम्मको पाठ्यपुस्तक तयार गरेको छ।


world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...