Tuesday, 21 May, 2024
थाहा नगर

थाहामा जडिबुटी खेतीको सम्भावना सम्बन्धि परामर्श ।

1655485526839_1-1655485631.jpg

जिल्ला वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको आयोजना  र सामुदायिक वन उपभोक्ता स्थानीय महासंघ थाहा नगरपालिका (फेकोफन) को समन्वयमा थाहा नगरका मेयर  बिष्णु बिष्टको  प्रमुख आतिथ्यमा थाहा-३ स्थित बिकास घरमा एकदिने  प्राबिधिक सरसल्लाह तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ। जिल्ला वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीले कार्यक्रमको  बिस्तृत प्रस्तुति  गराउदै  थाहा नगरपालिकामा जडिबुटी खेतीको सम्भाव्यता र व्यापारिकरणको बारेमा सहभागीहरुलाई जानकारी गराउदै थाहा नगरमा जडिबुटी प्रबर्द्धनमा रहेका समस्या र समाधानको उपाय बताउदै जडिबुटी सम्बन्धि अनुसन्धान ,खेती प्रबिधि ,बिकास र बिस्तार सम्बन्धि आफ्नो कार्यपत्र पेश गरेका थिय। नेपालमा भएका ११ वटा वनस्पति उद्यान मध्य मकवानपुर जिल्लामा मात्रै ३ वटा र त्यस मध्य पनि थाहा नगरमा २ वटा वनस्पति उद्यान रहेको उहाँले बताउदै जडिबुटी सम्बन्धि सिप बिकास ,तालिम जनचेतना स्थानिय सरकारले नै गर्नुपर्ने बताउनुभयो। साथै सेरेमोनियल वृक्षरोपण गर्ने कार्यको थालनी पनि उहाँकै कार्यकालमा सुरु भएको र चाडै नै दामन र टिस्टुङ्ग वनस्पति उद्यानमा समेत सो कार्यक्रमको थालनी गर्ने बताउनुभयो ।
 मकवानपुरमा पहिलो पटक दुर्लभ जडिबुटी भोटेलहराको खोज गरि यसको बिउ उत्पादन गर्नमा उहाँ सफल हुनुभएको छ र उहाँकै बैज्ञानिक टिमले उन्युको बिबिध बिकास को अनुसन्धान गर्ने कार्यमा समेत सफलता पाएको छ।
कार्यक्रममा आफ्नो धारणा राख्दै फेकोफेन थाहा नगरका उपाध्यक्ष गणेशमान श्रेष्ठले स्थानिय सरकारले तत्काल गर्नुपर्ने स्थानिय वन एन निर्माण ,वन तथा वातावरण संरक्षण,रिजार्जेवल पोखरी निर्माण ,कुलेखानी जलविद्युत बाट हुने आम्दानी बन तथा बाताबरणमा लगानी ,महासंघको कार्यालय संचालन ,नगरपालिकाको भुउपयोग निति तत्काल लागुहुनुपर्ने लगायतका सुझाव दियका थिय।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी नगर प्रमुख बिष्टले बनस्पति कार्यालय र वन लाई बहुउपयोगी बिरुवा बृक्षारोपण गर्दै उत्पादन सङ्ग जोड्ने कार्यक्रम ल्याय थाहा नगरले सहयोग गर्ने बताउदै बेरोजगारी समस्या र बाझो जमिनको समस्या को हल गर्नकै लागि जडिबुटी खेती उपयुक्त हुने धारणा राख्दै युवाहरु लाई खेती तर्फ आकर्षण गर्ने खालको कार्यक्रम ल्याउन आग्रह गर्नुभयो।
कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली,फेकोफनका नगर अध्यक्ष शिवराम थापा,वडा नं.३ का हिरेन्द्र रायमाझी र ४ का नारायण लामा, ,ईलाका वन कार्यालय पालुङका वन अधिकृत कृष्ण आचार्य,प्रेस सेन्टर थाहाका अध्यक्ष शम्भु अधिकारी,दामन तथा सिमभन्ज्याङ बजार व्यवस्थापन समितिका अध्यक्ष लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

1655485540429_1-1655485631.jpg

world-link-1690434568.jpg
अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान
1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...