Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा जडिबुटी खेतीको सम्भावना सम्बन्धि परामर्श ।

1655485526839_1-1655485631.jpg

जिल्ला वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको आयोजना  र सामुदायिक वन उपभोक्ता स्थानीय महासंघ थाहा नगरपालिका (फेकोफन) को समन्वयमा थाहा नगरका मेयर  बिष्णु बिष्टको  प्रमुख आतिथ्यमा थाहा-३ स्थित बिकास घरमा एकदिने  प्राबिधिक सरसल्लाह तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ। जिल्ला वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीले कार्यक्रमको  बिस्तृत प्रस्तुति  गराउदै  थाहा नगरपालिकामा जडिबुटी खेतीको सम्भाव्यता र व्यापारिकरणको बारेमा सहभागीहरुलाई जानकारी गराउदै थाहा नगरमा जडिबुटी प्रबर्द्धनमा रहेका समस्या र समाधानको उपाय बताउदै जडिबुटी सम्बन्धि अनुसन्धान ,खेती प्रबिधि ,बिकास र बिस्तार सम्बन्धि आफ्नो कार्यपत्र पेश गरेका थिय। नेपालमा भएका ११ वटा वनस्पति उद्यान मध्य मकवानपुर जिल्लामा मात्रै ३ वटा र त्यस मध्य पनि थाहा नगरमा २ वटा वनस्पति उद्यान रहेको उहाँले बताउदै जडिबुटी सम्बन्धि सिप बिकास ,तालिम जनचेतना स्थानिय सरकारले नै गर्नुपर्ने बताउनुभयो। साथै सेरेमोनियल वृक्षरोपण गर्ने कार्यको थालनी पनि उहाँकै कार्यकालमा सुरु भएको र चाडै नै दामन र टिस्टुङ्ग वनस्पति उद्यानमा समेत सो कार्यक्रमको थालनी गर्ने बताउनुभयो ।
 मकवानपुरमा पहिलो पटक दुर्लभ जडिबुटी भोटेलहराको खोज गरि यसको बिउ उत्पादन गर्नमा उहाँ सफल हुनुभएको छ र उहाँकै बैज्ञानिक टिमले उन्युको बिबिध बिकास को अनुसन्धान गर्ने कार्यमा समेत सफलता पाएको छ।
कार्यक्रममा आफ्नो धारणा राख्दै फेकोफेन थाहा नगरका उपाध्यक्ष गणेशमान श्रेष्ठले स्थानिय सरकारले तत्काल गर्नुपर्ने स्थानिय वन एन निर्माण ,वन तथा वातावरण संरक्षण,रिजार्जेवल पोखरी निर्माण ,कुलेखानी जलविद्युत बाट हुने आम्दानी बन तथा बाताबरणमा लगानी ,महासंघको कार्यालय संचालन ,नगरपालिकाको भुउपयोग निति तत्काल लागुहुनुपर्ने लगायतका सुझाव दियका थिय।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी नगर प्रमुख बिष्टले बनस्पति कार्यालय र वन लाई बहुउपयोगी बिरुवा बृक्षारोपण गर्दै उत्पादन सङ्ग जोड्ने कार्यक्रम ल्याय थाहा नगरले सहयोग गर्ने बताउदै बेरोजगारी समस्या र बाझो जमिनको समस्या को हल गर्नकै लागि जडिबुटी खेती उपयुक्त हुने धारणा राख्दै युवाहरु लाई खेती तर्फ आकर्षण गर्ने खालको कार्यक्रम ल्याउन आग्रह गर्नुभयो।
कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली,फेकोफनका नगर अध्यक्ष शिवराम थापा,वडा नं.३ का हिरेन्द्र रायमाझी र ४ का नारायण लामा, ,ईलाका वन कार्यालय पालुङका वन अधिकृत कृष्ण आचार्य,प्रेस सेन्टर थाहाका अध्यक्ष शम्भु अधिकारी,दामन तथा सिमभन्ज्याङ बजार व्यवस्थापन समितिका अध्यक्ष लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

1655485540429_1-1655485631.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...