himalen-2083-1778725505.jpg
Friday, 10 Jul, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहामा चट्याङ पूर्वानुमान र पूर्वसूचना प्रणाली सम्बन्धी एकदिने कार्यशाला सम्पन्न

FB_IMG_1751038698029-1751038752.jpg

थाहा नगरपालिका, मकवानपुर — चट्याङबाट हुने विपद् न्यूनीकरणका लागि पूर्वानुमान र पूर्वसूचना प्रणालीसम्बन्धी एकदिने कार्यशाला गोष्ठी थाहा नगरमा सम्पन्न भएको छ।
राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा प्राधिकरणका इन्जिनियर सहसचिव अर्जुन कुमार बमको अध्यक्षतामा थाहा नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा थाहा नगर प्रमुख विष्णु बिष्ट प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, वडा अध्यक्षहरू, नगरका प्राविधिक, रेडक्रस, सशस्त्र प्रहरी अस्थायी पोष्ट, इलाका प्रहरी कार्यालय पालुङ, नगर प्रहरीका प्रतिनिधि, संचारकर्मी तथा विपद् व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति थियो।
कार्यक्रममा मेयर बिष्टले विपद् व्यवस्थापनलाई स्थानीय तहको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै भने, "विपद् पूर्वतयारी, जोखिम मूल्याङ्कन र सूचना प्रणालीको सुदृढीकरण बिना सुरक्षित समाजको परिकल्पना सम्भव छैन। चट्याङ, पहिरो, बाढी,आगलागी जस्ता विपद् थाहामा पनि बढ्दो क्रममा छन्, त्यसैले स्थानीय स्तरमै सूचना प्रवाह, जनचेतना र पूर्वतयारी कार्यक्रमलाई तीव्रता दिनु आवश्यक छ।"
कार्यक्रममा सहसचिव बमले चट्याङसम्बन्धी वैज्ञानिक पक्ष र पूर्वसूचना प्रणालीको महत्वबारे जानकारी गराए। सशस्त्र प्रहरी सहायक प्रहरी नायब उपरीक्षक लक्ष्मण बहादुर बस्नेत, उपसचिव तथा हाइड्रोलोजिष्ट राजेन्द्र शर्मा, र डा. मोहन चन्दले चट्याङसम्बन्धी जोखिम, पूर्वानुमान विधि र प्रतिकार्य क्षमताका बारेमा सहजीकरण गरे।
कार्यक्रममा नेपालको समग्र विपद् परिदृश्य, यस वर्षको मनसुनको पूर्वानुमान, संघ, प्रदेश र स्थानीय तहमा समन्वय, जोखिममा आधारित लगानीको प्रवर्द्धन, तथा "अझ राम्रो र बलियो निर्माण" को नारासहित पुनर्निर्माण र पुनर्स्थापनाको महत्वमाथि चर्चा गरिएको थियो।
प्रस्तुत विवरण अनुसार, मकवानपुर जिल्लामा पछिल्ला १५ वर्षमा चट्याङ लागेर १९७ जनाको मृत्यु भइसकेको तथ्याङ्कले यस क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा संकेत गरेको छ। कार्यशालाबाट चट्याङ सम्बन्धी पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै स्थानीय तहमा विपद् पूर्वतयारीको सुदृढीकरण गर्नुपर्ने सन्देश दिइएको सहभागी हरुको जोड रहेको थियो।

FB_IMG_1751038716100-1751038752.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...

सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg